Home Main Highlight News नवराजको शब्द र आवाजमा ‘परान’को टिजर सार्वजनिक

नवराजको शब्द र आवाजमा ‘परान’को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । आगामी कार्तिक १४ गते रिलिज हुने सिनेमा ‘परान’ले काव्यिक टिजर सार्वजनिक गरेको छ । वरिष्ठ अभिनेता निर शाहको जन्मदिनको अवसर पारेर सार्वजनिक गरिएको टिजरमा कवि नवराज पराजुलीको शब्द र उनकै आवाज रहेको छ ।

कवि पराजुलीका शब्दहरूमा फिल्मका मुख्य कलाकार निर शाहको मनोभावनाहरु देख्न सकिन्छ । टिजरमा कविताका माध्यमबाट जीवनको उत्तरार्धमा रहेका एक बाबुले छोरासँग जीवनको अन्त्यसम्म साथ पाइयोस् भन्ने आशा राखेको कुरा महसुस गर्न सकिन्छ ।

कवितामा बाबु-छोराको सम्बन्धको बारेमा गहिरो कुरा गरिएको छ । टिजरमा मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, महेश त्रिपाठी, बुद्धि तामाङ, प्रवीण खतिवडा, पूजा चन्द, अन्जना बराइली लगायतलाई मुख्य चित्रण गरिएको छ ।

सक्किगोनी फेम दीपकप्रसाद आचार्य (काकु) द्वारा निर्देशित ‘परान’ यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुव्रतराज आचार्य, सुरेश थापा, विनोद राई र बाल कलाकार आर्यादीप आचार्यलगायत कलाकारको अभिनय छ ।

रिदम कँडेलको संगीत रहेको फिल्मका गीतमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाललगायतले स्वर दिएका छन् । शिवराम श्रेष्ठको डिओपी रहेको फिल्म मित्र डि. गुरूङले सम्पादन गरेका हुन् । चलचित्र बाइस्कोप सिनेमा प्रालिको ब्यानरमा निर्माण भएको हो ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link