Home Main Highlight News चलचित्र ‘माया बस्छ कि के हो’काे ट्रेलर सार्वजनिक
   

चलचित्र ‘माया बस्छ कि के हो’काे ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । फिल्म हो ‘माया बस्छ कि के हो !’ असोज २ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण युनिटले फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रदर्शन मिति जानकारी दिएको हो । ट्रेलरमा अभिनेता सोनाल लामा र कस्मता निरौला मुख्य भूमिकामा देखिएका छन् । ट्रेलरले अध्ययन तथा रोजगारीका लागि बिदेसिएका युवा युवतीको प्रेम प्रसङ्ग,सम्पूर्ण तथा मतभेदको कथा देखाउँछ ।

राजु अधिकारीको निर्देशन रहेका फिल्म युरोपको बेल्जियम, स्वीजरल्याण्ड, नेदरल्याण्ड र स्वदेशमा खिचिएको हो । शरद अधिकारी र  बहादुर सिंह तामाङ निर्माता रहेको फिल्ममा  रामप्रसाद चौधरीले सम्पादन छ ।

जनपुकार मिडिया हाउसको ब्यानरमा निर्मित फिल्म रबिन्द बरालले खिचेका हुन् । फिल्मका गीतमा अर्जुन पोखरेलको संगीत,कमल राई र रामजी लामिछानेको कोरियोग्राफी छ । ‘माया बस्छ कि के हो !’ मा सोनाल र कस्मताका साथमा नरेन्द्र थापा,उपेन्द्र थापा,बेनी ढुंगाना,सब्बु पौडेल,तारा शर्मा,हरिकृष्ण कार्की,तेजेन्द्र कँडेल,रिचा थापा,खिन्नबहादुर भण्डारी

(भोला),जेपी पाण्डे,रामजी राउत,करुणा थापा,बिकुलाल बासु,सुकचन्द्र थापाको अभिनय छ । फिल्मलाई नेशनल सिने ग्रुपले वितरण गर्दैछ ।

https://www.youtube.com/watch?v=QdyTUqHWmFI

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link