Home Main Highlight News ‘प्रतिवैरम्’को सुटिङ सम्पन्न
 

‘प्रतिवैरम्’को सुटिङ सम्पन्न

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड। रोशन दासको डेव्यु निर्देशनमा बनेको चलचित्र ‘प्रतिवैरम्’को सम्पूर्ण छायांकन सम्पन्न भएको छ । मधेस केन्द्रित सामाजिक र राजनीतिक विषयवस्तुमा आधारित यस चलचित्रको छायांकन ४५ दिनमा पूरा भएको निर्माण पक्षले जनाएको छ ।

सिनेमाको पहिलो चरणको छायांकन १५ दिनसम्म सर्लाहीमा र दोस्रो चरणको छायांकन ३० दिन सिराहामा गरिएको थियो । सिनेमाको छायांकन ज्याकले गरेका हुन् । हाल सिनेमाको पोष्ट-प्रोडक्सन कार्य सुरु भएको छ ।

सिनेमामा सम्राट दास, विरेन्द्र कुशवाहा, आलिशा बास्तोला, सुप्रज्ञा शर्मा, गीता श्री, अशिष डीके, प्रदीप ढकाल, नारायण बिके, बिके शाह, रामेश बुढाथोकी लगायत अन्य कलाकारको अभिनय रहेको छ । सिनेमामा सह-निर्देशकका रूपमा सन्तोष मल्ल, अग्नि सुवेदी, धिरज राउत र श्रीजना भुजेलले काम गरेका छन् ।

रेज इन्टरटेनमेन्टले निर्माण गरेको सिनेमाका प्रोडक्सन म्यानेजर कमल सुनार, लाइन प्रोडक्सनमा पंकज महतो छन् । यो चलचित्र मार्फत मधेसको वास्तविकता दर्शक सामु र्पुयाउने योजना निर्माण टिमको रहेको छ । सिनेमाको कथा निर्देशक दास स्वयमले र पटकथा युवराज भट्टराईले लेखेका हुन् । निर्माण पक्षका अनुसार यो चलचित्र २०८३ सालमा रिलिज गरिनेछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link