Home Main Highlight News ‘पाँच पाण्डव’को आइटम गीत ‘राजा चाहिया छ’ सार्वजनिक, क्यासिनोमा इभाको बोल्ड अवतार
 

‘पाँच पाण्डव’को आइटम गीत ‘राजा चाहिया छ’ सार्वजनिक, क्यासिनोमा इभाको बोल्ड अवतार

by Parda Sansar
A+A-
Reset

झापा। प्रदर्शनको तयारीमा रहेको नेपाली चलचित्र ‘पाँच पाण्डव’को आइटम गीत ‘राजा चाहिया छ’ सार्वजनिक भएको छ । क्यासिनोको आकर्षक सेटअप, झिलिमिली माहोल र अभिनेत्री इभा गिरीको बोल्ड अवतारले गीतलाई विशेष बनाएको छ ।

सार्वजनिक गीतमा इभा गिरीलाई आकर्षक नृत्य तथा ग्ल्यामरस लुक्समा प्रस्तुत गरिएको छ । शाही शर्मा मजगन्याको शब्द, अर्जुन पोखरेलको संगीत तथा एलिना चौहान, सुरेश लामा र ध्रुव विकेको स्वर रहेको गीतले चलचित्रको प्रचारमा थप रौनक ल्याउने देखिन्छ ।

वसन्त निरौलाको निर्देशनमा तयार भएको चलचित्र आगामी कात्तिक २० गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ । नवीन श्रेष्ठको प्रस्तुति र कालीरानी श्रेष्ठको निर्माण रहेको चलचित्रका लेखक सुशील पौडेल हुन् ।

चलचित्रमा नेपाली सिने क्षेत्रका चर्चित कलाकारहरूको बलियो उपस्थिति छ । हरिवंश आचार्य, जितु नेपाल, आर्यन सिग्देल, महेश त्रिपाठी, सुशील सिटौला, दीपाश्री निरौला, इभा गिरी, सरिता गिरी, प्रशान्त ताम्राकार र विनोद न्यौपाने लगायतका कलाकारले अभिनय गरेका छन् । बाल कलाकार अनुष्का ढुङ्गाना र इभा प्याकुरेल पनि चलचित्रमा देखिनेछन् ।

द्वापर युगका पाँच पाण्डवका पात्रहरू कलियुगमा आइपुग्दा कस्तो जीवन बाँचिरहेका होलान् ? यही रोचक परिकल्पनालाई कथाको आधार बनाएको चलचित्रले दाजुभाइबीचको सम्बन्ध, पारिवारिक भावना र आपसी सम्बन्धका विविध पक्षलाई प्रस्तुत गर्नेछ ।

पौराणिक पात्रहरूलाई समकालीन परिवेशमा जोडेर तयार गरिएको फरक कथावस्तु, चर्चित कलाकारहरूको जमघट र आकर्षक गीत–संगीतका कारण ‘पाँच पाण्डव’ दर्शकमाझ प्रतीक्षित चलचित्र बन्ने अपेक्षा गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link