बिर्तामाेड । निर्देशक भिम लामा निर्देशित चलचित्र ‘लडाइँ पहिचानको’को अफिसियल ट्रेलर बिहीबार सार्वजनिक गरिएको छ ।
सामाजिक सन्देश र भावनात्मक कथावस्तुसँग पूर्वमा रहेको पहिचानको मुद्दामा आधारित यस चलचित्रमा प्रशान्त तामाङ, करिश्मा मानन्धर, धिरेन शाक्य लगायत मुख्य भूमिकामा देखिएका छन् । उनीहरूका साथमा जेनी घिसिङ, प्रेम सुब्बा, सुरवीर पण्डित, किशोर सम्वाहाम्फे, रोशन शर्मा, सुवास योञ्जन लगायत धेरै कलाकारहरूको अभिनय देख्न सकिन्छ ।
निर्देशक लामाकै लेखन रहेको चलचित्रमा उनीसँगै दिलु सुब्बा लुङ्बा, रामजी विष्ट र उमेश तामाङ निर्माता रहेका छन् । पटकथा भिम लामा, सरोज केसी र रमेश डी. कौशिकले तयार गरेका हुन् । छायांकन मदन काश्यप घिमिरे, सम्पादन तथा कलर रमेश डी. कौशिक र संगीतमा बलराम समाल, भिम बस्नेत, दिप्सन लिम्बु, शेखर थापा र सागर तामाङ रहेका छन् । गीतका शब्दहरु बुद्धवीर लामा, भिम लामा, इरान राई, भिम बस्नेत, सागर तामाङ र राज हाङ लिम्बुले रचना गरेका हुन् ।
त्यस्तै फिल्ममा एक्सन निर्देशन देवकुमार महर्जन, कोरियोग्राफी मनीकुमार लिम्बु र सानु राजा थेगिम, सह-निर्देशन बुद्धिमान तामाङ र प्रविन किरातीले गरेका छन् ।
चलचित्रको वितरण कुवेर सिने डिस्ट्रीब्युसन प्रा.लि.ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ । ‘पहिचान’ को ट्रेलरले नेपाली समाजभित्रको पहिचान, संघर्ष र सचेतनाको कथालाई प्रस्तुत गरेको छ । ट्रेलरले अस्तित्व रक्षाको लडाइँलाई प्रस्तुत गर्दै दर्शकमा कौतुहलता जगाएको छ । यो चलचित्र मंसिर ५ गतेबाट प्रर्दशनमा आउनेछ ।

