Home Main Highlight News ‘धुरन्धरः द रिभेन्ज’ मार्च १९ इदमा रिलिज हुने
   

‘धुरन्धरः द रिभेन्ज’ मार्च १९ इदमा रिलिज हुने

by Parda Sansar
A+A-
Reset

मुम्बइ । बलिउड फिल्म ‘धुरन्धर’ ले बक्स अफिसमा आक्रामक कमाइ गर्‍यो। यो फिल्मले भारतमा ८ सय २६ करोड ५० लाख भारू नेट र विश्वभर १ हजार २ सय ८३ करोड ५० लाख भारू ग्रस कमाइसकेको छ। आदित्य धर निर्देशित ‘धुरन्धर’ ले नेपालमा समेत १० करोड रूपैयाँमाथि ग्रस कमाएको छ। अब दुई महिनापछि ‘धुरन्धर’ को सिक्वेल प्रदर्शनमा आउने तालिका छ।

अक्षय खन्ना, रणवीर सिंह, संजय दत्त, अर्जुन रामपाल, सारा अर्जुन र राकेश बेदी जस्ता कलाकारहरू अभिनीत फिल्मले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गरेपछि यसको दोस्रो भागप्रति दर्शकहरूको चासो अझ बढेको देखिन्छ। यसैबीच, ‘धुरन्धर’ को सिक्वेलको शीर्षक तय भएको छ।

सोमबार केन्द्रीय चलचित्र प्रमाणिकरण बोर्डले ‘धुरन्धर’ को सिक्वेलको टिजर पास गरेको छ। सेन्सर प्रमाणपत्रमा उल्लेख भएअनुसार फिल्मको शीर्षक ‘धुरन्धरः द रिभेन्ज’ रहेको बलिउड हंगामाले जनाएको छ। सिक्वेलको टिजर हेरेपछि सेन्सर बोर्डले यसलाई ‘ए’ प्रमाणपत्र दिएको छ। यस प्रमाणपत्रले फिल्म वयस्क दर्शकका लागि मात्र उपयुक्त रहेको बताउँछ।

सेन्सरबाट पास भएको टिजर छिट्टै सार्वजनिक गरिने तयारी भइरहेको छ। उक्त टिजर ‘बोर्डर २’ रिलिजसँगै सिनेमाघरमा प्रदर्शन गरिने बताइएको छ।

‘धुरन्धर’ को सिक्वेलमा रणवीरकै शीर्ष अभिनय रहनेछ। अक्षय खन्नाको पात्र रहमान द डकैतको ‘धुरन्धर’ मा मृत्यु भए पनि उनी ‘धुरन्धर द रिभेन्ज’ मा पनि देखा पर्ने खबर छ। उनले पहिले नै एक हप्ताको लागि आफ्नो भागको छायांकन गरिसकेका छन्।

फिल्ममा आर. माधवन, संजय दत्त, अर्जुन रामपाल, राकेश बेदी र सारा अर्जुन पनि देखिने जनाइएको छ। निर्माण पक्षका अनुसार फिल्म बदला र प्रतिशोधको कथामा आधारित हुनेछ। ‘धुरन्धरः द रिभेन्ज’ मार्च १९ मा इदको अवसरमा सिनेमाघरहरूमा रिलिज हुनेछ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link