Home Main Highlight News ‘आ बाट आमा’को भावुक बनाउने ट्रेलर सार्वजनिक
   

‘आ बाट आमा’को भावुक बनाउने ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । नेपाली चलचित्र ‘आ बाट आमा’ को ट्रेलर सार्वजनिक भएको छ।

माघ १६ गतेदेखि देशभर प्रदर्शनमा आउने यो फिल्मको ट्रेलर काठमाडौंमा आयोजित विशेष कार्यक्रममा लन्च गरिएको हो।

ट्रेलरले नेपालमा अवसर नपाएर विदेशिन बाध्य युवा पुस्ताको यथार्थ कथा ट्रेलरमा देखिन्छ । राम्रो भविष्यको खोजीमा अस्ट्रेलिया जाने छोराको निर्णयले आमाबाबुमा पारेको भावनात्मक असर ट्रेलरमा मुख्य विषय रहेकाे छ ।

फिल्ममा आमाको भूमिकामा विपना थापा, बुबामा प्रदीप रावत र छोरामा पल शाह मुख्य भूमिकामा छन्। ग्रामीण परिवेशमा आमाबाबु र सन्तानबीचको सम्बन्ध तथा विदेश मोहले निम्त्याउने पारिवारिक द्वन्द्वलाई निर्देशक चन्द्र पन्तले उठान गरेका छन्। फिल्ममा विशाल पहाडी, रविन्द्र झा, साइग्रेस पोखरेल, सिम्रन पन्त, गजित बिष्ट, हेमराज अधिकारी (खनत्या खलास), उषा उप्रेती, दिलिप अखेडा लगायतका कलाकारको अभिनय रहेको छ।

फिल्मको स्लोगन: “बा–आमाले परिश्रमले घर बनाउनु भयो, हामीले रहर र बाध्यताले पासपोर्ट बनायौं” ले नेपाली युवाको बाध्यता झल्काउँछ।

अन्य कलाकारहरूमा विशाल पहाडी, रविन्द्र झा, साइग्रेस पोखरेल लगायत छन्। निर्मातामा ध्रुव न्यौपाने, प्रकाश कुँवर र क्षितिज ढुङ्गाना रहेका छन् । यस फिल्मका कार्यकारी निर्माता कृष्णप्रसाद सुवेदी र ओमकार पन्त हुन्।  फिल्तमकाे वितरणकाे जिम्मा आरआर फिल्म्सले लिएकाे छ भने डिजिटल राइट्स ओएसआर डिजिटलले लिएको छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link