Home Main Highlight News ५ दिनमै ‘धुरन्धर २’ले ८०० करोड कमाउँदै ‘छावा’ र ‘पीके’को रेकर्ड तोड्यो
   

५ दिनमै ‘धुरन्धर २’ले ८०० करोड कमाउँदै ‘छावा’ र ‘पीके’को रेकर्ड तोड्यो

by Parda Sansar
A+A-
Reset

मुम्बई । अभिनेता रणवीर सिंहको फिल्म ‘धुरन्धर : द रिभेन्ज’ (धुरन्धर २) ले भारतीय बक्स अफिसमा आक्रामक व्यापार गरिरहेको छ । प्रदर्शनको पाँचौँ दिन अर्थात् सोमबार पनि फिल्मले आफ्नो पकड बलियो बनाउँदै भारतमा मात्रै ६५ करोड (भारु)को कलेक्सन गरेको छ।

भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले विश्वभर ८०० करोडको  आँकडा पार गरिसकेको छ । फिल्मले अहिलेसम्म विक्की कौशलको ‘छावा’ र आमिर खानको ‘पीके’ जस्ता ठुला फिल्महरूको लाइफटाइम कलेक्सन (कुल कमाइ) लाई समेत उछिनेको छ ।

पाँच दिनको अन्त्यसम्ममा फिल्मको भारतमा कुल नेट कलेक्सन ५१९.१२ करोड भारु पुगेको छ भने ग्रस कलेक्सन ६१९.७६ करोड भारु भएको छ । वैदेशिक बजार (ओभरसीज) बाट फिल्मले २१० करोड भारु सङ्कलन गरेको छ। यससँगै फिल्मको कुल वल्र्डवाइड ग्रस कलेक्सन ८२९.७६ करोड भारु पुगेको छ ।

५ दिनको कमाइको तथ्याङ्क हेर्दा यो फिल्म भारतीय सिनेमा इतिहासमै दोस्रो स्थानमा छ । यसभन्दा अगाडि ‘पुष्पा २’ मात्र रहेको छ । जसले ५ दिनमा ८८१.२६ करोड भारु कमाएको थियो ।

https://www.youtube.com/watch?v=xYtbBDlpY0Y&t=2s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link