Home Main Highlight News अभिनेत्री तथा निर्मात्री पूजा शर्माले फिल्म ‘रत्यौली’ निर्माणकाे घोषणा
   

अभिनेत्री तथा निर्मात्री पूजा शर्माले फिल्म ‘रत्यौली’ निर्माणकाे घोषणा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । नयाँ वर्ष २०८३ सालको पहिलो दिनमा अभिनेत्री तथा निर्मात्री पूजा शर्माले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् ।

नाईटिङ्गेल ईन्टरटेन्मेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको निर्माणमा तयार हुन लागेको फिल्मको नाम ‘रत्यौली’ राखिएको छ । यो फिल्ममा पूजा र अभिनेता विजय बरालको जोडी बाँधिने पक्का भएको छ । विजय र पूजाले फिल्मको पर्दामा पहिलो पटक काम गर्न लागेका हुन् ।

मुस्कान ढकालको निर्देशनमा तयार हुने यो फिल्मलाई सुरज आचार्यले निर्माण गर्दैछन् । १ सय भन्दा बढी नेपाली फिल्ममा प्रोडक्सन डिजाइनरको रुपमा काम गर्दै आएका आचार्यले सुपरहिट भारतीय फिल्ममा पनि लाइन प्रोड्यूसरको रुपमा काम गरेका छन् ।

उनले, ‘उचाई, फर्जी, मिराई, टिसोन नाइडु, दश का दम’ लगायतका फिल्ममा लाइन प्रोड्यूसरको रुपमा काम गरिसकेका छन् । उनै, सुरज ‘रत्यौली’ निर्माणमा अगाडि सरेका हुन् ।

३२ वर्षदेखि फिल्म क्षेत्रमा सक्रिय आचार्यले ‘मेरो लभ स्टोरी, कर्मयोद्धा’मा सह-निर्माता र ‘वरमाला’मा निर्माताको रुपमा काम गरिसकेका छन् । सार्वजनिक पोष्टरमा विजय र पूजा रत्यौलीमा नाँचिरहेको देख्न सकिन्छ ।

पूजाले दौरा सुरुवाल र नेपाली टोपी लगाएकी छिन् । साथै, उनको ओठमा जुँगा देख्न सकिन्छ । यसबाट पनि फिल्म रमाइलो बन्ने विश्वास गर्न सकिन्छ । फिल्मको बिषयमा अरु केही पनि खुलाइएको छैन । पहिलो पटक फिल्मको पर्दामा देखिन लागेका विजय र पूजाको जोडी दर्शकका लागि चासो रुपमा रहने पक्का देखिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link