बिर्तामाेड । फिल्म निर्देशन ताका अलग-अलग देखिएका यी दुई जना कलाकारबीच पुनः सहकार्य सम्भव भएको छ । यी दुईको सहकार्य हुने फिल्म ‘चिरञ्जीवी भवः’ निर्माणको घोषणा गरिएको छ । नयाँवर्ष २०८३ को अवसरमा मंगलबार सामाजिक सञ्जालमार्फत यो फिल्म बन्ने जनाइएको हो ।
अहिले स्क्रिप्टको अन्तिम ड्राफ्टमा काम भैराखेको कुमारले बताए । अबको डेढ दुई महिनामा छायांकन तयारी छ । फिल्मले दुई पुस्ताबीचको कथा भन्ने उनले बताए । ‘यो अहिलेको कथा हो । दुई पुस्ताबीच के मिसिए, के हराए र के कुरा जरुरी छ भन्ने कथा यसमा हुनेछ’ उनले भने ।
यो फिल्म दुवैजनाको दोस्रो निर्देशकीय प्रोजेक्ट हुनेछ । काकुले निर्देशन गर्नेछन् भने जिग्री ब्रोले कथा लेखनमा काम गरिरहेका छन् । ‘बीचमा अलग देखिएपनि हामी सँगै थियौं’ जिग्रीले भने ।
उनका अनुसार, यो फिल्म सोसल ड्रामा जनरामा बन्नेछ । निर्माता र कलाकार तय हुन बाँकी छ । स्क्रिप्टलाई न्याय गर्न सक्ने कलाकारलाई कास्ट गर्ने उनले बताए । जिग्री ब्रो र काकुले ८ वर्षदेखि टिभी सिरिजहरू भद्रगोल, सक्किगो नि सहितमा सहकार्य गरिसकेका छन् ।
