Home Main Highlight News फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक
   

फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । आगामी वैशाख ११ गतेबाट प्रदर्शनमा आउने  फिल्म ‘परालको आगो’को ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार निर्माण टिमले राजधानीमा एक कार्यक्रम गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।

सार्वजनिक ट्रेलरमा अधिकांश कलाकारलाई प्रस्तुत गरिएको छ । जहाँ फिल्मका मुख्य  पात्र सुहाना थापा र प्रकाश सपुतबिचको घर झगडा देखिन्छ । छिमेकी बनेका  सौगात मल्ल र सिर्जनालाई एकदमै मिलेको जोडी देखिन्छ ।

श्रीमतीलाई कुटेपछि खोज्न हिँडेको कथाले दर्शकलाई निकै भावुक बनाउने देखिन्छ। मार्मिक ट्रेलरमार्फत फिल्मको कथावस्तु रहस्यमय र सामाजिक द्वन्द्वमा आधारित रहेको सङ्केत गरेको छ ।

फिल्म लक्ष्मण सुनारको निर्देशन गरेका हुन् । कार्यक्रममा निर्देशक सुनारले फिल्म ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध र समाजभित्र लुकेका मनोवैज्ञानिक तथा भावनात्मक सङ्घर्षको कथामा बनेको बताए ।

अभिनेता सौगात मल्लले फिल्ममा आफूलाई फरक भूमिकामा देख्न सकिने बताए । फिल्मको कथा आफूले अभिनय गरेको अन्य फिल्म भन्दा भिन्न र फरक भएको उनको भनाइ छ ।

अभिनेत्री सुहाना थापा र अभिनेता प्रकाश सपुतले फिल्म अभिनय अनुभव बाँडेका थिए । फिल्ममा सौगात, प्रकाश र सुहानाको अलवा सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बालकलाकार मन्जिला बाँनिया लगायतको अभिनय छ।

https://www.youtube.com/watch?v=O1vCx55Wsng

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link