झापा । आगामी जेठ ८ देखि प्रदर्शनमा आउने फिल्म ‘काजी’को दोस्रो पोस्टर सार्वजनिक गरिएको छ । पोस्टरमा विपिन कार्की र केकी अधिकारीलाई प्रेमिल मुद्रामा देख्न सकिन्छ । यसले फिल्म प्रेम, सम्बन्ध र संघर्षमा केन्द्रित रहेको संकेत गर्छ ।
ग्रामीण परिवेश, सांस्कृतिक पहिरन र भावनात्मक विषयलाई पोस्टर देख्न सकिन्छ । जसमा केकी केही डराएको भावमा विपिनलाई अँगालिरहेकी छन् भने विपिन केही सान्त्वना दिइरहेको जस्तो देखिन्छ ।
लक्ष्मण रिजालद्वारा निर्देशित यो फिल्म सामाजिक कथामा आधारित छ । फिल्मको स्क्रिप्ट प्रदीप भारद्धाजले लेखेका हुन् भने छायाँकनको जिम्मेवारी चिन्तन राजभण्डारीले सम्हालेका छन् । फिल्मको निर्मातामा नेहान रिजाल र विकास राज जोशी छन् भने कार्यकारी निर्माताका रुपमा असिम काफ्ले रहेका छन् । फिल्मको वितरण श्रीराम बालाजी फिल्मले गर्नेछ ।

