17
बिर्तामाेड । गायक रामकृष्ण ढकालको स्वरमा रहेको बोलको नयाँ गीत सार्वजनिक भएको छ। भिडियो साउन्डमिल क्रिएसन युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।
गीतमा नरेश प्रधानको शब्द र सूर्य कास्यपको संगीत रहेको छ, जसले प्रेम, झगडा र बिछोडका भावलाई समेटेको छ। भिडियोको निर्देशन निकेश खड्काले गरेका छन् भने छायांकन उत्सव दाहाल ले गरेका छन्। परियोजना निर्देशकका रूपमा बुनु श्रेष्ठ संलग्न छिन्।
काठमाडौं आसपास छायांकन गरिएको भिडियोमा नरेन खड्का र करिश्मा श्रेष्ठको अभिनय देख्न सकिन्छ, जसलाई दर्शकले रुचाएका छन्।
निर्माण टिमका अनुसार यस च्यानलमार्फत सामाजिक जनचेतनामूलक गीतहरू नियमित रूपमा सार्वजनिक हुँदै आएका छन्, र नयाँ गीतले पनि सकारात्मक प्रतिक्रिया पाएको छ।

