Home Main Highlight News एक्सन अवतारमा सलिमान, ‘युनिभर्सिटिज अफ गुन्डाज’बाट ७ वर्षपछि कमब्याक हुँदै
 

एक्सन अवतारमा सलिमान, ‘युनिभर्सिटिज अफ गुन्डाज’बाट ७ वर्षपछि कमब्याक हुँदै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । अभिनेता तथा मोडल सलिमान बनियाले आफ्नो जन्मदिन पारेर दर्शकलाई सरप्राइज दिएका छन् । उनले मंगलबार ‘युनिभर्सिटिज अफ गुन्डाज’को एक्सनले भरिएको टिजर युट्युबमा सार्वजनिक गरेका छन् ।

योसँगै उनको औपचारिक पुनरागमन पक्का भएको छ । ७ वर्षपछि फिल्ममा उनको पुनरागमन भएको हो । उनी अभिनित पछिल्लो फिल्म ‘यात्रा’ सन् २०१९ मा रिलिज भएको थियो । त्यसअघि उनले ‘ए मेरो हजुर २’ बाट नेपाली चलचित्रमा डेब्यू गरेका थिए ।

ओएसआर डिजिटलको युट्युब च्यानलबाट सार्वजनिक भएको १ मिनेट १२ सेकेण्ड लामो टिजरमा उनको एक्सन बबाल देखिन्छ । टिजरमा सलोन बस्नेत पनि फरक लुक्समा देखिएका छन् । अर्का नकाबधारी पात्र पनि देखिन्छन् । तर, उनको बारेमा खुलाइएको छैन ।

सान्भी इन्टरेटेन्टमेन्टको ब्यानरमा बनेको यस चलचित्रको स्क्रिप्ट बानियाँ आफैले लेखेका हुन् । यो फिल्मको निर्देशन सुरेश न्यौपानेले गर्न लागेका हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link