Home Main Highlight News शिक्षक-विद्यार्थी भेट्दै ‘रोल नं. १’को टिम, मोफसलमा बिर्तामोडबाट प्रचारप्रसार आरम्भ
 

शिक्षक-विद्यार्थी भेट्दै ‘रोल नं. १’को टिम, मोफसलमा बिर्तामोडबाट प्रचारप्रसार आरम्भ

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । झापा बिर्तामोडका सामुदायिक र निजी विद्यालयहरुमा विशेष कार्यक्रम गर्दै ‘रोल नं. १’ निर्माण टिमले प्रचारप्रसार यात्रा सुरु गरेको छ ।
बिर्तामोडस्थित कनकाई आवासीय मावि, तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुल, कञ्चनजङ्गा अंग्रेजी मावि र देवी माविमा विशेष कार्यक्रम गर्दै ‘रोल नं. १’को टिमले शिक्षक तथा विद्यार्थी भेटघाट कार्यक्रम सुरु गरेको छ ।

कार्यक्रममा मुख्य अभिनेता मुकुन भुषालले चलचित्रमा विद्यार्थीको कथा, अभिभावक तथा शिक्षकहरुसँगको सम्बन्ध जस्ता विषयवस्तु भएको बताए । जेठ १५ बाट प्रदर्शन हुने तयारीमा रहेको यस चलचित्रले विद्यार्थीले झेलिरहेका समस्याहरुलाई प्रस्तुत गर्ने उनको भनाइ छ ।

त्यस्तै, चलचित्रकी अभिनेत्री रेनुनाथ योगीले यस चलचित्रलाई हरेक विद्यार्थी, अभिभावकले एकचोटि हेर्नै पर्ने फिल्म बताएकी छन् । कार्यक्रममा संगीतकार तथा गायक प्रशान्त शिवाकोटीले ‘रोल नं.१’ टाइटल गीत, पूर्णबहादुरको सारङ्गीको चर्चित गीत काँधेकुरी, न्याउली वनैमा… गाइरहँदा विद्यार्थीहरुले गीत गाउँदै उनलाई साथ दिएका थिए । त्यस्तै, हास्य कलाकार कर्मा लामाले हास्यव्यङ्ग्य प्रस्तुत गर्दै मनोरञ्जन समेत दिलाएका थिए ।

कार्यक्रममा विद्यार्थीलाई केही प्रश्न समेत सोधिएको थियो भने उत्तर मिलाउने विद्यार्थीलाई टिमको तर्फबाट पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा कलाकार सुवासचन्द्र खरेल, हेमन्तराज पौडेल, याम खरेल, बिटीएसमा समीर गुरुङ, तुलाराज क्षेत्री लगायतको सहभागिता रहेको थियो ।

कलाकारहरुलाई कनकाई आदर्श माविमा प्रिन्सिपल पेम्बा तामाङ, कञ्चनजङ्गा अंग्रेजी माविमा डा. केशवराज न्यौपाने, तक्षशिला प्रोग्रेसिभ इङ्लिस स्कुलमा लिलन लामिछाने र देवी माविमा प्रधानाध्यापक अम्बिका श्रेष्ठ तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देनले स्वागत गरेका थिए ।

विनोद पौडेलको निर्माण रहेको चलचित्रले समाजमा इज्जतका लागि पनि पढाइमा अब्बल हुनै पर्ने बाध्यताको कसीभित्र रहेको समाजको कथा सार्वजनिक भएको टिजरमा देख्न सकिन्छ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको यस चलचित्रमा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छ । चलचित्रको बाल-कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । विनोद पौडेल र जान्वी पौडेल निर्माता रहेको चलचित्रको सह-निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं छन् ।

यो चलचित्रलाई महेश दवाडीले लेखेका हुन् । हिमाली जिल्ला म्याग्दीका विभिन्न रमणीय तथा ग्रामीण भेगहरूमा छायांकन गरिएको यो सिनेमाको डीओपी शिव राम श्रेष्ठ रहेका हुन् ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link