Home समाचार ‘परालको आगो’को व्यापार ३ करोड नाघ्यो
 

‘परालको आगो’को व्यापार ३ करोड नाघ्यो

by Parda Sansar
A+A-
Reset

झापा । गत वैशाख ११ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा उत्साहजनक व्यापार गरेको छ ।

सोमबार चलचित्र विकास बोर्डद्वारा सार्वजनिक सिनेपा: बक्स अफिसको तथ्यांक अनुसार फिल्मले ९ दिनमा ३ करोडमाथि कलेक्सन गरेको छ । यसले गत शनिबारसम्म ३ करोड १२ लाख १७ हजार रुपैयाँ ग्रस कमाएको हो ।

त्यस्तै ‘राम नाम सत्य’ले ३ करोड ३९ लाख ७३ हजार ४६६ रुपैयाँ ग्रस कमाएको बोर्डको तथ्यांकमा देखिन्छ । ‘राम नाम सत्य’ र ‘परालको आगो’ले ३ करोडमाथिको व्यापार गर्दा वैशाख १ गतेबाट प्रदर्शनमा आएको तुलसी घिमिरे निर्देशित फिल्म ‘पहाड’ले भने ७० लाख पनि कमाउन सकेको छैन ।

शनिबारसम्म यो फिल्मले घरेलु बक्स अफिसमा ६३ लाख ९३ हजार १५२ रुपैयाँ ग्रस कमाएको छ । गएको ७ दिनमा फिल्मको कमाइ २ लाख १५ हजार रुपैयाँ मात्र बढेको देखिन्छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link