Home Main Highlight News ‘रोल नं १’ले ल्यायाे विद्यार्थीकाे जीवनकथामा आधारित भिडियो प्रतियोगिता
 

‘रोल नं १’ले ल्यायाे विद्यार्थीकाे जीवनकथामा आधारित भिडियो प्रतियोगिता

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  ‘रोल नं १’ यही जेठ १५ गतेबाट प्रदर्शनमा आउदै छ । मोफसलका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीसँग साक्षात्कार गरेको फिल्मले अहिले ‘गेट चान्स टु विन क्यास प्राइज’ स्कुलले जीवनकथा भिडियो प्रतियोगिता ल्याएको छ । विद्यार्थीलाई फिल्मसँग जोड्न निर्माण युनिटले यो प्रतियोगिता ल्याएको हो ।

प्रतिस्पर्धाका लागि ‘रोल नं १’सँग जोडिएर आफ्नो स्कुल जीवनको अविस्मरणीय कथा भिडियोमार्फत सुनाउनुपर्नेछ । प्रतिस्पर्धामा सहभागी हुन आफ्नो परिचय दिनुपर्नेछ, जसमा आफ्नो नाम, विद्यालयको नाम र ठेगाना उल्लेख गर्नुपर्नेछ । कथामा शिक्षकको प्रेरणा, साथीभाइको साथ, पढाइको महत्त्व,  गरिबी वा चुनौती, स्कुलको रमाइलो सम्झना, सपना र लक्ष्य तथा सङ्घर्ष र मेहनतलगायत विषय समेट्न सकिनेछ ।

१ देखि ३ मिनेट भित्रको भिडियो मात्र हुनुपर्ने प्रावधान रहेको प्रतियोगिताको विजेता मध्य पहिलोले ३० हजार, द्वितीयले १५ हजार र तृतीयले १० हजार पुरस्कार जित्न सक्नेछन् । प्रतियोगितामा सान्त्वना पुरस्कार २० जना सहभागीलाई ‘रोल नं १’को टिकट पाउनेछन् । विजेता घोषणा जेठ २५ गते गरिनेछ । विनोद पौडेलको निर्माण रहेको फिल्म ‘रोल नं १’ले विद्यार्थीको मनोविज्ञानको कथामा बनेको हो । अहिलेको शैक्षिक प्रणालीले बाल मनोविज्ञानमा पार्ने नकारात्मक प्रभाव र त्यसले उसको समग्र जिन्दगीमा पार्ने असरको कथा फिल्मले देखाउनेछ ।

जोन योञ्जनको निर्देशनमा तयार भएको फिल्ममा मुकुन भुसाल, सुशांक मैनाली, रेणु योगी, सिर्जना अधिकारी मुख्य भूमिकामा छन् । फिल्मको बाल–कलाकारमा निर्भिक रेग्मी, रिन्चेन लामा, संयम कटुवाल, सिजल श्रेष्ठ रहेका छन् । फिल्मका निर्माता विनोद पौडेल र जान्वी पौडेल हसन् भने सह–निर्मातामा छत्रमाया गिरी र रमेश चौलागाईं रहेका छन् । फिल्म रिच इन्टरटेन्मेन्ट र जे एम सिनेमाले वितरण गर्दैछ ।

https://www.youtube.com/watch?v=ZROW-uLNt4Q

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link