बिर्तामाेड । गुरुङ संस्कृतिमा आधारित नेपाली चलचित्र ‘बनफूल’को नयाँ गीत ‘पल पल हरपल’ सार्वजनिक गरिएको छ। सार्वजनिक गीतमा कलाकार मौसम गुरुङ र जोनिशा गुरुङ बीचको प्रेमभावलाई देख्न सकिन्छ।
गीतमा विकास चौधरी र पवित्रा गुरुङ को स्वर रहेको छ भने शब्द दिपेन्द्र खड्काले सिर्जना गरेका हुन्। गीतको संगीत पनि गायक विकास चौधरी स्वयंले तयार पारेका छन्। मधुर संगीत र भावनात्मक शब्दले गीतलाई अझ विशेष बनाएको छ।
चलचित्रका निर्देशक जनक गुरुङ हुन्। गुरुङ समुदायको संस्कृति, परम्परा र जीवनशैलीलाई पर्दामा उतार्ने उद्देश्यले निर्माण गरिएको चलचित्रमा प्रेम, सम्बन्ध र सामाजिक परिवेशलाई समेत समेटिएको बताइएको छ।
गीतको भिडियोमा लभ्सन गुरुङ को कोरियोग्राफी रहेको छ। मनमोहक दृश्य, मौलिक पहिरन र सांस्कृतिक झल्कोले भरिएको भिडियो दर्शकमाझ रुचाइएको छ। यस गीत मुस्ताङकाे विभिन्न ठाउँहरुमा छायाँङकन गरिएकाे देखिन्छ ।
जनक गुरुङ को निर्देशनमा बनेको ‘बनफूल’ चलचित्रको यस गीतले फिल्मप्रति दर्शकको उत्सुकता थप बढाएको निर्माण पक्षको विश्वास छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जालमा सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ।

