Home समाचार पत्रकारलाई प्रविधिमा अपडेट गराउँदै प्रेस सेन्टर नेपाल झापा
 

पत्रकारलाई प्रविधिमा अपडेट गराउँदै प्रेस सेन्टर नेपाल झापा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । प्रेस सेन्टर नेपाल झापाको आयोजनामा पत्रकारितामा प्रविधिको प्रयोग विषयक तालिम सम्पन्न भएको छ ।

बिर्तामोडमा मङ्गलबार आयोजित तालिममा एआईको प्रयोगले पत्रकारिता पेशालाई कसरी सहज र सरल बनाउँछ भन्ने प्रशिक्षित गराइएको थियो ।
आयोजक संस्थाका अध्यक्ष पुष्प खड्काका अनुसार प्रविधि पछ्याउन नसक्दा पत्रकारिता पेशाबाट पलायन हुन नपरोस् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो । एआईको प्रयोगले पत्रकारितालाई धेरै सहज बनाउँदै लगेको र सो बारे स्थानीय पत्रकारहरुलाई जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको उनले बताए ।

कार्यक्रमका प्रमुख अतिथि बिर्तामोड नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले पत्रकारले खोजमुलक र तथ्यपरक समाचार लेखनमा जोड दिनु पर्ने बताएका छन् । नराम्रा टिकाटिप्पणी र भ्युज बढाउने भन्दा पनि मुलधारका मिडियाले सत्यतथ्यमा आधारित रहेर सकारात्मक समाचार लेख्नु पर्नेमा उनले जोड दिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीले पत्रकारले प्रविधिको सहयोग बिना पेशालाई समयसापेक्ष बनाउन नसक्ने बताउँदै अपडेट गर्दै लैजानुपर्ने बताए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कोशी प्रदेश सदस्य राजकुमार ओली, प्रेस चौतारी नेपाल झापा अध्यक्ष प्रदिप परियार, नारी सञ्चार गृह झापाकी अध्यक्ष स्वस्तिका आचार्य, पर्यटन पत्रकार मञ्च झापाका अध्यक्ष कमलप्रसाद पाण्डे (विनोद) लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रशिक्षक उमाकान्त खनालले पत्रकारितामा एआईको सहयोग लिइए पनि अन्तिम सम्पादक मानव नै हुनुपर्ने बताए । सहभागीहरुलाई प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव दिपिन राईले प्रमाणपत्र हस्तान्तरण गरेका थिए । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा भएको कार्यक्रममा ५० जना बढीको सहभागिता रहेको थियो । सहभागीहरुलाई प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति झापाका उपाध्यक्ष होमप्रकाश अधिकारीले स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन सहसचिव राजन साम्पाङले गरेका थिए ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link