बिर्तामोड । चन्द्रकला प्रसाईँ (रचना) को शब्द सिर्जना रहेको नयाँ लोकदोहोरी गीत ‘मन खान्छ कटक्कै’ सार्वजनिक गरिएको छ । गीतमा चर्चित गायक राजन श्रेष्ठ र गायिका शान्तिश्री परियारको स्वर रहेको छ ।
गीतको भिडियो सविनकुमार तोलांगीको निर्देशनमा निर्माण गरिएको छ । भिडियोमा आयुष्मा कार्की र सुधिर श्रेष्ठको अभिनय देख्न सकिन्छ । मायाप्रेम र आकर्षणको भावलाई लोकदोहोरी शैलीमा प्रस्तुत गरिएको ‘मन खान्छ कटक्कै’ गीत तथा यसको भिडियो दर्शक-श्रोतामाझ रुचाइने निर्माण पक्षको विश्वास रहेको छ ।
केशवराज भट्टको कोरियोग्राफी रहेको भिडियोको छायांकन सन्तोष सुनारले गरेका हुन् । शोभा श्रेष्ठ निर्माता रहेको यस गीतका कार्यकारी निर्माता चन्द्रकला प्रसाईँ (रचना) हुन् । भिडियोको सम्पादन प्रितम पाण्डेले गरेका छन् भने रङ संयोजन अनन्त घिमिरेले गरेका हुन् ।

