Home Main Highlight News ‘भागदौड’को ट्रेलरमा सरप्राइज नै सरप्राइज
 

‘भागदौड’को ट्रेलरमा सरप्राइज नै सरप्राइज

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । चलचित्र ‘भागदौड’को ट्रेलर आइतबार सार्वजनिक गरिएको छ ।

झन्डै २ मिनेटको छोटो ट्रेलरमा दैनिक जीवन, दौडधुप, संघर्ष र यथार्थ केन्द्रमा रहेको देख्न सकिन्छ । ट्रेलरले आधुनिक समाजमा देखिने लोभ, लालच, जालझेल र ठगीजस्ता पक्षहरूबाट उत्पन्न हुने संकटको कथा बोकेको संकेत गरेको छ । मुख्य भूमिकामा देखिएका अभिनेता विशाल पोखरेल नेपाल प्रहरीको बर्दीमा छन् । उनको क्यारेक्टरले दर्शकलाई सरप्राइज दिने दाबी गरिएको छ ।

चलचित्रमा विशालसहित अनिशा श्रेष्ठ, घनश्याम जोशी, सारा राई, शेखर चापागाईं, देशझखनाल, लक्ष्मी गिरी, शंकर महर्जन र सुभाष तिमिल्सिना लगायतका कलाकारहरूको अभिनय रहेको छ । यो चलचित्र हिमाल उप्रेतीको लेखन र निर्देशनमा निर्माण भएको हो । विश्वराम विष्ट प्रस्तुतकर्ता रहेको सिनेमा यही असार २६ गते शुक्रबारबाट देशव्यापी प्रदर्शन हुनेछ ।

अंगिरा थापा कार्यकारी निर्माता रहेको चलचित्रका सह-निर्मातामा भूपेन्द्र कुमार खड्का, सागर पुरी र सुरेश गिरी रहेका छन् । सुप्रिम म्युजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण भएको सिनेमामा दीपक बज्राचार्यको छायांकन, प्रवीन ढकालको सम्पादन, वसन्त सापकोटा र प्रकाश नेपालीको संगीत रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link