Home Main Highlight News महाराजधिराजका लागि पुष्प खड्काको नयाँ लुक्स सार्वजनिक
   

महाराजधिराजका लागि पुष्प खड्काको नयाँ लुक्स सार्वजनिक

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘महाराजधिराज’का मुख्य कलाकार पुष्प खड्काको क्यारेक्टर लुक्स सार्वजनिक भएको छ ।

उनको सिक्स प्याक बडीसहितको तस्बिर सार्वजनिक गर्दै यो चलचित्रका प्रस्तुतकर्ता विराज विष्टले ‘महाराजधिराज’कै लागि पुष्प खड्काले कठोर मेहनत गरेर सुगठित शरीर बनाएको बताएका छन् ।

‘कलाकारमा हुनुपर्ने गुण भनेकै ठूलो त्याग, तपस्या र संघर्ष हो,’ उनले गर्व गर्दै फेसबुकमा लेखेका छन्, ‘महाराजधिराज’ चलचित्रका लागि गरेको त्याग, तपस्या र संघर्ष साँच्चिकै प्रशंसनीय छ ।”

विराजले ‘महाराजधिराज’ प्रदर्शनपछि ‘पिके’ (पुष्प खड्का) ले १५ वर्ष नेपाली सिनेमा उद्योगमा पछि फर्किएर हेर्नुनपर्ने दाबी गरेका छन् ।

‘महाराजधिराज’को अहिले काठमाडौंका विभिन्न ठाउँमा छायाँकन भइरहेको छ । सुनसरीको श्रीलंका टापुबाट सुरु भएको चलचित्रको छायांकन अहिले काठमाडौँमा भइरहेको हो । झुरमा पनि यो सिनेमाको छायांकन भएको थियो, यो चलचित्रको छायांकन सेड्युल ७० दिनको छ ।

परिच्छेद सेनले निर्देशन रहेको ‘महाराजधिराज’लाई नवराज थापाले खिचिरहेका छन् । ‘महाराजधिराज’ सोसल पिरयड ड्रामा रहेको निर्देशक सेनले बताएका छन् ।

चलचित्रमा कलाकारहरू आर्यन सिग्देल, रमेश उप्रेती, पूजा शर्मा, केकी अधिकारी, उषा रजक, सुशील सिटौला, पूजना प्रधान, जयकिशन बस्नेत, मोहन निरौला, दिनेश डि.सी., गजित विष्ट रहेका छन् । चलचित्रमा हिउवाला गौतम, प्रिया रिजाल, नीर शाह, विशाल पहाडी, आशा पौडेल, पुष्कर कार्की, मोनिका बुढाथोकी, कविता पुरी, सृष्टि खड्का, कुलदिप अधिकारी, कमल देवकोटाको पनि अभिनय रहनेछ ।

८० जनाको कलाकारको जम्बो टिम रहने यो सिनेमामा कमल गाउँले, शिशिर भण्डारी, शिवु पाण्डे, हेमन्त बुढाथोकी, प्रलिन्शा कोइराला, अन्जु रसाइली, सनम श्रेष्ठ, सुजेन थापा, आयुष्मा गिरी, रामहरि खड्का, सुवर्ण दुलाल, अनिता गिरी, पारस बस्ताकोटी, कुलबहादुर ओली, सपना घिसिङ, पूजा बुढालगायत कलाकारको अभिनय रहनेछ ।

छत्रेश्वर म्यानेजमेन्ट प्रालिको ब्यानरमा निर्माण हुने यो चलचित्रमा निर्देशक सेन स्वयंको लेखन रहेको छ । ‘महाराजधिराज’का निर्मातामा रवि खड्का र टोपेन्द्र विष्ट हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link