Home Main Highlight News ६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने
   

६० वर्षमाथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘गौँथली’ले ज्येष्ठ नागरिकका लागि विशेष अफर ल्याएको छ ।  भदौ १० देखि भदौ २१ गतेसम्म ६० वर्षभन्दा माथिका नागरिकले ‘गौँथली’ निःशुल्क हेर्न पाउने भएका छन् ।

तर, यसका लागि खल्ती एपबाट यो टिकट काट्नु पर्नेछ । खल्तीमा आफूले काटेको पैसा फिर्ता आउनेछ । “पैसा रिफन्टका लागि नागरिकता र तस्बिर भने पठाउनु पर्नेछ,” ‘गौँथली’ निर्देशक डा. कपिल रिजालले भने ।

“खल्तीमार्फत गरिएको टिकट खरिदको कारोबार (ट्रान्जेक्सन)को स्क्रिनसट पेस गरिएको हुनुपर्ने । ‘गौँथली’को तस्बिर/पोस्टर पृष्ठभूमिमा रहने गरी खिचिएको प्रयोगकर्ताको फोटो पेस गरिएको हुनुपर्नेछ,” निर्देशक रिजालले भने, “खरिदको कुल टिकट मूल्य बराबरको रकम सम्बन्धित प्रयोगकर्ताको खल्ती वालेटमा जम्मा हुनेछ ।”

यस अभियानलाई सहयोग पुर्‍याउन, खल्तीमा एक लाख रुपैयाँ मात्र अग्रिम रकम जम्मा गरिनेछ । जसबाट योग्य प्रयोगकर्ताहरूलाई रकम फिर्ता गरिनेछ ।

“यो अग्रिम रकम नसकिँदासम्म वा अभियानको अवधि समाप्त नभएसम्म (जुन पहिले हुन्छ, त्यही समयसम्म) यसै रकमबाट फिर्ता प्रक्रिया अघि बढाइनेछ,” निर्माणपक्षले भनेको छ ।

अरूण क्षेत्री र सिम्रन खड्का मुख्य भूमिकामा रहेको ‘गौँथली’ इतिहासकै दोस्रो सर्वाधिक कमाउने नेपाली चलचित्र बनेको छ । यसले हालसम्म २५ करोड २२ लाख रुपैयाँ ग्रसकलेक्सन गरिसकेको छ ।

डा. भोला रिजालका छोरा डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौंथली’मा अरूण र सिम्रनसँगै मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारहरूको अभिनय छ ।

शिक्षाको महत्व र श्रीमान–श्रीमतीबीचको सम्बन्धलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्रका निर्माता कपिल रिजाल र सुमन गिरी हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link