Home Main Highlight News कबड्डी ५ को ‘थाक खोला’ गीतमा धोका पाएर थकित काजीको व्यथा
   

कबड्डी ५ को ‘थाक खोला’ गीतमा धोका पाएर थकित काजीको व्यथा

by Parda Sansar
A+A-
Reset

झापा । कात्तिक ६ बाट रिलिज हुन लागेको चलचित्र ‘कबड्डी ५’ को गीत ‘थाक खोला’ सार्वजनिक गरिएको छ । कालीप्रसाद बास्कोटाको शब्द र संगीत रहेको गीतमा उनकै स्वर रहेको छ ।

गीतमा चलचित्रका मुख्य कलाकार दयाहाङ राई, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङ फिचर्ड छन् । गीतको शब्दले भन्छ – जुनी काट्ने भने ठिकै हो, नत्र भने मायाको कुरै नगर । बारम्बार सोल्टिनीहरुबाट धोका पाएर थकित काजीको व्यथालाई गीतले समेट्ने कोसिस गरेको छ । र, अबको सम्बन्ध दिगो होस् भन्ने चाहनालाई यो गीतमा प्रस्तुत गरिएको छ ।

निर्देशक रामबाबु गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्रमा विपीन कार्कीको प्रवेश भएको छ । विजय बराल, बुद्धि तामाङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हेमन्त बुढाथोकीलगायतको अभिनय यस चलचित्रमा रहेको छ ।

बासुरी फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी रहेको छ । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन र सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link