इटहरी । विवाहित महिलाबीच आयोजना हुँदै आएको सौन्दर्य प्रतियोगिता ‘मिसेस पूर्वेली आइकन’को तेस्रो संस्करणको उपाधि इटहरीकी सृजना राउतले जितेकी छन् ।
इटहरीमा सोमबार आयोजित ग्रान्ड फिनालेमा प्रदेशका विभिन्न जिल्लाबाट सहभागी १९ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनले उपाधि हात पारेकी हुन् । पेशाले शिक्षिका तथा सञ्चारकर्मीसमेत रहेकी राउतले मुख्य उपाधिसँगै ‘मिसेस ट्यालेन्ट’को सब–टाइटलसमेत जितिन् ।
राउतले ताजसँगै करिब १ लाख रुपैयाँ बराबरको पुरस्कार प्राप्त गरेकी छन् । प्रतियोगितामा जमुना दाहाल फस्ट रनरअप, यमुना महत सेकेन्ड रनरअप र सोनी थापा थर्ड रनरअप घोषित भए । यस्तै, मनिका चौधरी ‘अर्गनाइजर च्वाइस’ र धुर्व कुमारी गुरुङले ‘पब्लिक च्वाइस’ अवार्ड जित्न सफल भए ।
कोशी प्रदेशका सामाजिक विकासमन्त्री गीता तिमिल्सिनाको प्रमुख आतिथ्यमा सम्पन्न फिनालेमा मिसेस नेपाल वर्ल्ड २०२३ की विजेता पृथ्वीया थापा, मिसेस पूर्वेली आइकन २०२४ की अर्गनाइजर च्वाइस विजेता रुविना श्रेष्ठ, फेसन डिजाइनर विवेश राई तथा लायन्स क्लब ३२५ सी डिस्ट्रिक्ट सेक्रेटरी रेखा गुरुङ निर्णायकको भूमिकामा थिए ।
प्रतियोगितामा सहभागी अन्य प्रतिस्पर्धीले पनि विभिन्न सब–टाइटल जितेका छन् । जमुना दाहालले ‘मिसेस फोटोजेनिक’ र ‘मिसेस बेस्ट वाक’को उपाधि हात पारिन् भने डा. उरुषा शाहले ‘मिसेस पर्सनालिटी’ र ‘मिसेस भर्सटाइल’को उपाधि जितिन् । 
त्यस्तै, संगीता शाह ‘मिसेस डिसिप्लिन’, सोनी थापा ‘मिसेस इन्टेलेक्चुअल’, लुइसा पुडासैनी ‘मिसेस ब्युटी विथ पर्पोज’, सीता बस्नेत श्रेष्ठ ‘मिसेस फ्रेन्डशिप’ र अन्जिला चौधरी ‘मिसेस कन्फिडेन्ट’ घोषित भए ।
शोभा कुमारी थापा गुरुङले ‘मिसेस इन्टरप्रेन्योर’ र ‘मिसेस मल्टिमिडिया’, सुष्मा राई श्रेष्ठले ‘मिसेस ग्ल्यामर’, एलिशा धिमालले ‘मिसेस एक्टिभ’, अनूपा पौडेलले ‘मिसेस बेस्ट ट्रान्सफर्मेसन’, भावना घिमिरेले ‘मिसेस बेस्ट डान्स’ तथा यमुना महतले ‘मिसेस फेस अफ लुक मी कस्मेटिक’को उपाधि प्राप्त गरे ।
त्यसैगरी मनिका चौधरी ‘मिसेस क्रिएटिभ’, वर्षा गजमेर ‘मिसेस इन्फ्लुएन्सर’, स्वस्तिका चौधरी ‘मिसेस राइजिङ स्टार’, धुर्व कुमारी गुरुङ ‘मिसेस लिडरशिप आइकन’ र शोभा राउत ‘मिसेस ग्रेसफुल’ बन्न सफल भए ।
यार्सागुम्बाको मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगितामा लुक मी कस्मेटिक सह–प्रायोजक तथा १८+ इनर्जी ड्रिंक सहयोगी रहेका थिए । प्रतियोगितालाई सफल बनाउन सिईओ सजिना श्रेष्ठ, इभेन्ट डाइरेक्टर सरोज श्रेष्ठ, कोरियोग्राफर सुभेच्छा कार्की, मिडिया कोअर्डिनेटर सुवास संकल्प श्रेष्ठ तथा भिडियो/फोटोग्राफर निश्चल श्रेष्ठको महत्वपूर्ण भूमिका रहेको थियो ।
ग्रान्ड फिनाले कार्यक्रमको सञ्चालन मेरिना तुम्सा लिम्बूले गरेकी थिइन् ।


