Home Main Highlight News ‘आ बाट आमा २’लाई देशभर १४३ भन्दा बढी शो, जाँचपास समितिबाट पायो ‘पीजी’ सर्टिफिकेट
   

‘आ बाट आमा २’लाई देशभर १४३ भन्दा बढी शो, जाँचपास समितिबाट पायो ‘पीजी’ सर्टिफिकेट

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चन्द्र पन्त निर्देशित चलचित्र ‘आ बाट आमा २’ले केन्द्रीय चलचित्र जाँच समितिबाट ‘पीजी’ प्रमाणपत्र पाएको छ । असोज ३० गते शुक्रबारदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई अत्यधिक भावनात्मक दृश्य भएको भन्दै यो श्रेणीमा राखिएको हो ।

पीजी प्रमाणपत्र पाएसँगै १६ वर्षमुनिका दर्शकले चलचित्र हेर्न जाँदा अभिभावकको साथमा जानुपर्नेछ । आमा-छोराको सम्बन्ध, पारिवारिक विछोड र सन्तानका लागि अभिभावकले गर्ने त्यागमा आधारित चलचित्रले दर्शकलाई भावुक बनाउने अपेक्षा गरिएको छ ।

प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्रका शोहरू विभिन्न हलमा सार्वजनिक हुन थालेका छन् । बिर्तामोडको पाथिभरा सिने प्लाजाले यस सिनेमालाई रिलिजको दिन ४ वटा शो दिएको छ भने, क्युएफएक्स बिर्तामोड ३ शो उपलब्ध गराएको छ । अन्य हलका शो पनि क्रमश: सार्वजनिक भइरहेका छन् । खल्ती एपका अनुसार दिउँसो २ बजेसम्ममा १४३ वटा शोहरु खुलेका छन् । यद्यपि, शोहरु अझै बढ्ने आँकलन गरिएको छ ।

यसअघि सार्वजनिक भएका ट्रेलर, टिजर र गीतले दर्शकको मन जितेको छ । प्रचारप्रसारका क्रममा निर्माण टोलीले विभिन्न सहरमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गरेर माहोल सिर्जना गरेका छन् ।

आर्या इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रमा कथा तथा निर्देशन चन्द्र पन्तको रहेको छ । फिल्ममा विपना थापा, पल शाह, मलिका महत, आकाश श्रेष्ठ, रिश्ता गुरुङ, निकिता आचार्य, सविन श्रेष्ठ, साइग्रेस पोखरेल, गजित विष्ट, स्व. प्रदीप रावत, नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रको देशव्यापी वितरण आरआर फिल्म्सले गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link