Home Main Highlight News ‘कबड्डी ५’को देशभर बुकिङ खुला, धमाधम बुकिङ हुँदै
   

‘कबड्डी ५’को देशभर बुकिङ खुला, धमाधम बुकिङ हुँदै

by Parda Sansar
A+A-
Reset

काठमाडौं । रामबाबु गुरुङ निर्देशित बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को देशभरका हलमा अग्रिम टिकट बुकिङ खुला गरिएको छ। खल्ती एपमा देखिएको सो सङ्ख्या अनुसार हालसम्म ९९ वटा शो खुलिसकेको छ।

कात्तिक ६ गतेदेखि प्रदर्शनमा आउने चलचित्रले अग्रिम बुकिङ खुला भएसँगै देशभरका मल्टिप्लेक्समा उल्लेख्य शो पाएको छ। निर्माण टोलीका अनुसार हाल क्यूएफएक्स र केही हलमा मात्र शो खुला गरिएको भए पनि अन्य हलमा पनि क्रमशः शो थपिने क्रम जारी छ। देशभरका हलमा चलचित्रले यस वर्षकै सर्वाधिक शो पाउने तयारी भइरहेको निर्माण टोलीले जनाएको छ।

निर्माण टोलीका अनुसार चलचित्रले सम्भवतः १७७ भन्दा बढी शो पाउनेछ। यो सङ्ख्या कायम भएमा ‘कबड्डी ५’ यस वर्ष नेपाली चलचित्रका लागि खोलिएको सर्वाधिक शोमध्ये एक बन्नेछ। प्रदर्शनअघि नै चलचित्रले पाएको शो सङ्ख्या र दर्शकको चासोले यसको प्रतीक्षा व्यापक रहेको देखाएको छ।

चलचित्रका मुख्य अभिनेता दयाहाङ राईले दर्शकलाई आफ्नो अनुकूल समयको शो सुरक्षित गर्न आग्रह गरेका छन्। अग्रिम टिकट बुकिङ खुला भएसँगै दर्शकले आफूलाई सहज हुने समय र हल छनोट गरी टिकट काट्न सक्नेछन्।

रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्रमा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपिन कार्की, मिरुना मगर, रिश्मा गुरुङ र सिर्जना गुरुङलगायत कलाकारको अभिनय रहेको छ। बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ निर्माता छन् भने सागर राज कार्यकारी निर्माता हुन्।

चलचित्रको छायाङ्कन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको रहेको छ। चलचित्रमा कालीप्रसाद बास्कोटा, अधा सुर र झुमा लिम्बूको सङ्गीत रहेको छ। ‘कबड्डी’ शृङ्खलाका अघिल्ला चलचित्रझैँ ‘कबड्डी ५’ ले पनि दर्शकको साथ पाउने निर्माण टोलीको विश्वास छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link