Home Main Highlight News ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक
   

‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । महाशिवरात्रि (फागुन १ गते)देखि प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘शिवांश’को पहिलो गीत ‘बैँस भुसुक्कै’ सार्वजनिक भएको छ ।
गीतमा चर्चित गायक तथा संगीतकार राजनराज शिवाकोटी र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । लोकलयको मिठास रहेको यस गीतमा राजनराज शिवाकोटी र सरोज रञ्जितकारको शब्द रहेको छ । संगीत पनि स्वयम् राजनराजले भरेका छन् ।

विक्रम चौहानको कोरियोग्राफी रहेको यस गीतको भिडियोमा फिल्मका मुख्य कलाकार तेज गिरी, विमला लिम्बू र बारत लिम्बूको अभिनय रहेको छ । गीतमा प्रेमिल दृश्यहरुलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको छ । साथै, गीतमा बिहेकाे माहाेल देखिन्छ । गुरूङ पहिरनसँगै साँस्कृतिक पक्ष पनि गीतमा झल्किएको देखिन्छ ।

अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको यस फिल्मबाट निर्देशनमा सन्तोष कुमार आत्रेयले ‘डेब्यु’ गरेका छन् । शिवांश’को कथा यसै फिल्मका निर्माता अञ्जान केसीले लेखेका हुन् भने स्क्रिनप्ले बारत लिम्बूको रहेको छ । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन् भने कार्यकारी निर्माता शम्भु थापा हुन् । फिल्ममा प्रवीण खतिवडा, विमला लिम्बू, रुषा न्यौपाने, तेज गिरी, विकास जोशी, उदय कुमार सुब्बा, सन्तोष कुमार आत्रेय, बारात लिम्बू, प्रदीप कुमार चौधरी, तुलसा लिम्बू, सबिर चुरौटे, टिका निरौला, कुन्दन चौधरी, सागर घिमिरे, रत्न लिङ्देन लगायतको अभिनय रहेको छ ।

‘शिवांश’मा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी संगीत तथा स्वर, शब्द रचना विप्लव प्रतीक र राजनराजको रहेको छ भने छायांकन सरद महतोको रहनेछ । द्वन्द्व निर्देशन मिलन श्रेष्ठ, स्क्रिप्ट डक्टर सुलक्षण भारती र भीएफएक्स विराज खड्काको रहेको छ । फिल्ममा मेकअप आर्टिस्टको रुपमा तुलसा लिम्बूले काम गरेकी छन् । चलचित्र चौतारीले पोस्ट प्रोडक्सन सम्हालेको ‘शिवांश’को वितरणको जिम्मा डिजिटल सिनेमा नेपाल (डीसीएन) ले लिएको छ ।

फिल्मले शिव भावनालाई प्रस्तुत गर्ने गरी यसअघि टिजर समेत सार्वजनिक गरिसकेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link