Home Main Highlight News ‘परिवर्तन’मा नेपाल-भारत सीमा विवाद रहेकाे खुलासा
   

‘परिवर्तन’मा नेपाल-भारत सीमा विवाद रहेकाे खुलासा

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । माघ ९ गतेबाट प्रदर्शनको तयारीमा रहेको एक्सन जनराकाे फिल्म ‘परिवर्तन’को निर्माण टिमले चलचित्रले नेपाल-भारत सीमा विवादको विषय उठाएको खुलासा गरेको छ ।

शुक्रबार बिर्तामोडस्थित पिज्जा घरमा आयोजित पत्रकार भेटघाटका क्रममा निर्देशक विजय केरुङले ‘परिवर्तन यसरी पनि हुन सक्छ है’ भन्ने उदाहरण फिल्मले प्रस्तुत गर्ने बताउनुभएको छ । त्यस्तै एक्सन स्टार सुशील श्रेष्ठले झापामा छायाँकनको अनुभव शेयर गर्दै गर्मीमा सुटिङ भएको फिल्मले माघको जाडोमा हल तताउन सक्ने अपेक्षा रहेको बताउनुभयो । उहाँले झापालीसँगको सहकार्यमा एकदमै सौहार्दपूर्ण रहेको बताउनुभयो ।

चलचित्रकी नायिका अञ्जना बराइलीले यस फिल्ममा आफ्नो नौलो क्यारेक्टर रहेको र त्यो हेर्न आफू पनि एक्साइटेड रहेको बताउनुभयो । परिवर्तनको चाहना अहिले हरेक नागरिकमा छ, राजनीतिक परिवर्तन, समाज परिवर्तन र विशेष गरी अन्याय-अत्याचारविरुद्धको परिवर्तनको आइडोलोजीमा फिल्म बनेको बताउनुभयो ।

फिल्मका लेखक तथा निर्माता दिपक शिवाकोटीले चलचित्रको कथा सीमानासँग जोडिएको र यो हरेक नेपालीले हेर्नै पर्ने फिल्म रहेको बताउनुभयो । पत्रकार भेटघाटमा झापाली कलाकार याम खरेल, गौतम तिवारी, राजु खरेल लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण चलचित्र पत्रकार संघ झापा सदस्य सुनिता तामाङले गर्नुभएको थियो ।

चलचित्रमा श्री श्रेष्ठको एक्सन डिरेक्सन, बन्दे प्रसादको सम्पादन र शिव ढकालको छायाँकन रहेको छ । फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले तयार गरेका हुन् । चलचित्रको अन्य मुख्य कलाकारमा करिश्मा मानन्धर, सुवास मेचे, हेमन्त बुढाथोकी, पुकार भट्टराई, बुद्धि तामाङ, सरोज खनाल, सिरु विष्ट, रोहन सेन्चुरी लगायतको भूमिका रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link