46
बिर्तामाेड । पल शाह फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘यानीमायाः रिदम अफ लभ’ को छायाङ्कन जेठको १ गतेबाट सुरु हुने भएको छ । निर्माण युनिटले छायाङ्कन अगाडि फिल्मको फस्ट लुक सार्वजनिक गर्दै छायाङ्कनबारे जानकारी दिएको हो ।
फस्ट लुक्समा पल शाह र नवनायिका अञ्जना मगर देखिएका छन् । मगर यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेकी हुन् । फिल्मलाई ओम प्रतिकले निर्देशन गर्दैछन् ।
ओमले यसअघि फिल्म ‘मोहर’ लाई निर्देशन गरेका थिए । फिल्ममा पल शाह र चन्द्र ज्योति आलेको लगानी रहनेछ । ‘यानीमाया’ लाई ‘प्रेमको धुन’ भनिएको छ । यसैले पनि यो फिल्म प्रेमको कथामा निर्माण हुन लागेको बुझ्न सकिन्छ ।
निर्माण पक्षले अन्य जानकारी विभिन्न चरणमा दिँदै जाने बताएको छ । यो वर्ष पलका ‘मोहर’ र ‘आबाट आमा’ रिलिज भइसकेका छन् ।
