Home Main Highlight News कुमार गजुरेलको निर्देशन रहने फिल्म ‘सारथी’काे शुभमुहूर्त
   

कुमार गजुरेलको निर्देशन रहने फिल्म ‘सारथी’काे शुभमुहूर्त

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । कुमार गजुरेलको निर्देशन रहने फिल्म ‘सारथी’ शुभमुहूर्त गरिएको छ ।  काठमाडौँस्थित भद्रकाली मन्दिरमा फिल्मको शुभमुहूर्त भएको हो । शुभमुहूर्तसँगै निर्माण युनिट फिल्म सुटिङका लागि म्याग्दीको गुर्जा खानी प्रस्थान गरेको हो ।

फिल्मको छायाङ्कन वैशाख ९ गते बुधबारबाट सुरु हुनेछ । करिब ४० दिनको छायाङ्कन सेड्युल रहेको फिल्मका निर्माता बरिष्ठ सम्पादक तारा थापा ‘किम्भे’ रहेका छन् ।

किम्भे प्रोडक्सन तथा धीरज इन्फिनिटी फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्ममा उत्तम प्रधान, निरुता सिंहको जोडी रहनेछ । करिब दुई दशकपछि पुनः एकसाथ यो जोडी पर्दामा देखिन लागेको हो ।

फिल्ममा उत्तम र निरुताको अलवा मुकुन्द श्रेष्ठ, सम्रान्त थापा, गिरी विश्वकर्मा, गायत्री जोशी, मदन थापा, मिलन खड्का, रश्मी गुरुङ, तुलसी राई, आशा विश्वकर्मा लगायतका कलाकारको अभिनय रहनेछ । सौर्यल थापा निर्माता रहेको फिल्मको कार्यकारी निर्माता रदिप श्रेष्ठ र प्रदिप रायमाझी हुन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link