Home Main Highlight News वैशाख २५ बाट प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को ‘झ्याम पारम’ गीत सार्वजनिक
   

वैशाख २५ बाट प्रदर्शनमा आउने फिल्म ‘मालती मंगले’को ‘झ्याम पारम’ गीत सार्वजनिक

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । यही वैशाख २५ गते (मे ८) बाट प्रदर्शनमा आउन लागेको फिल्म ‘मालती मंगले’ को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक गरिएको छ।
यसअघि ‘सुनैको सपनी’ र ‘ढुंगा माथि लेऊ’ सार्वजनिक गरिसकेको निर्माण पक्षले तेस्रो गीतका रूपमा आकर्षक डान्सिङ नम्बर दर्शकमाझ ल्याएको हो।

सार्वजनिक गीतमा गायक रामकृष्ण ढकाल र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। गीतमा राजेन्द्र थापाको शब्द, राजन राज शिवाकोटीको संगीत र श्यामश्वेत रसाइलीको एरेन्ज छ। गीतको भिडियो भव्य र मनोरञ्जनात्मक शैलीमा तयार गरिएको छ।

रोशन विश्वकर्माको कोरियोग्राफी रहेको ‘झ्याम पारम’मा फिल्मका मुख्य कलाकारहरू विजय बराल, वर्षा राउत र मेक्सम गौडेलका साथमा चर्चित डान्सर सविन कार्की (बिस्ट), एलिसा शर्मा र रोशित कर्माचार्यलाई विशेष अतिथी भूमिकामा देख्न सकिन्छ।

प्रकु पाण्डेयको निर्देशनमा बनेको फिल्म रानी फिल्म्सको ब्यानरमा युनि इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण गरिएको हो। फिल्मको कथा निर्देशक पाण्डेय स्वयंले लेखेका हुन् भने पटकथा तथा संवाद संयोग गुरागाईंको छ।

यस फिल्ममा विजय, वर्षा र मेक्समका साथमा प्रकाश घिमिरे, सुवर्ण थापा, उमेश सुनम, सुष्मा निरौला, सरिता गिरी, राज पंगेनी शर्मा, तारा शर्मा, गीता श्री, रिजन परियार, शकु शाहलगायत कलाकारहरूको अभिनय छ।

फिल्मको कार्यकारी निर्माता सागर ज्ञवाली हुन् भने बाबु सुवेदी, रबिन श्रेष्ठ, वेदना कर्माचार्य, पद्मावती गुरूङ, स्वीकृति बस्नेत र मिलन बजगाईं सह-निर्माताको रूपमा रहेका छन्।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link