36
बिर्तामाेड । अभिनेता जितु नेपालले निर्माण गरेको फिल्म ‘आइ एम जीतबहादुर’ को शीर्ष गीत सार्वजनिक भएको छ । ओएसआर डिजिटलबाट सार्वजनिक गीतमा भारतीय गायक कैलाश खेरको स्वर, जितु नेपाल र राज सिंह सिधुको शब्द तथा बब एसएनको संगीत रहेको छ ।
गीतको दृश्यमा जितु नेपालले कलाकार बन्नकै लागि गाउँदेखि सहरसम्म आइपुग्दा विभिन्न चरणमा गरेका संघर्षलाई मोन्टाजका रुपमा देखाइएको छ । उनले एक दृश्यमा अवार्ड उचाल्नुले पनि अन्त्यमा उनले सफलता पाउँछन् भन्ने बुझ्न सकिन्छ ।
भिडियोमा वर्षा राउत, प्रियंका कार्की, सन्दिप क्षेत्री र देशभक्त खनाललगायतका कलाकारलाई पनि स्थान दिइएको छ ।



