Home Main Highlight News नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित
 

नेपाल चलचित्र निर्देशक समाजको अध्यक्षमा अरुणकुमार प्रधान निर्वाचित

by Parda Sansar
A+A-
Reset

काठमाडाैँ । नेपाल चलचित्र निर्देशक समाज (FDGN) को अध्यक्षमा अरुण कुमार प्रधान निर्वाचित भएका छन् । समाजको मंगलबार सम्पन्न १८ औँ वार्षिक साधारणसभा तथा अधिवेशनमा कुल खसेको १५९ मतबाट १०९ मत प्राप्त गर्दै विजयी भएका हुन् । प्रतिस्पर्धामा रहेका अध्यक्षका उम्मेदवार जनकदीप पराजुलीले ४६ मत प्राप्त गरेका छन् ।

त्यस्तै  उपाध्यक्षमा ९५ मतसहित सुभास गजुरेल निर्वाचित भइरहँदा सोही पदमा देवेन्द्र पान्डेले ५७ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा दीपक वलीले ७१ मत प्राप्त गर्दै विजयी भएका छन् भने ऋषिराज आचार्यले ३२ र राज बस्न्यातले २२ मत प्राप्त गरेका छन् ।

महासचिव पदमा समुन्द्र भट्ट १०६ मत सहित विजयी भएका छन् । सोही पदमा कमल एक्चै मगरले ४७ मत प्राप्त गरेका छन् ।

यसैगरी, सचिव पदमा राजबहादुर साने ८० मत प्राप्त गर्दै निर्वाचित भएका छन् भने अमर ओलीले ४६ मत र दिनेश लिङ्देनले २८ मत प्राप्त गरेका छन् ।
कोषाध्यक्ष पदमा भने निर्विरोध रुपमा जनक खड्का निर्वाचित भएका छन् । सहकोषाध्यक्षमा ६७ मत प्राप्त गर्दै उत्सव केसी विजयी भएका छन् । उनलाई अमृतमान महर्जनले ४४ र भीषण राईले ४२ मतसहित पछ्याइरहेका थिए ।

समाजको सदस्यमा यसअघि नै लक्ष्मण सुवेदी, लक्ष्मण सुनार, साकार पन्त, अमर दीप सापकोटा, शिव शर्मा कँडेलहस्तबहादुर लिम्बू सर्वसम्मत चयन भएका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link