Home Main Highlight News सकियो चलचित्र ‘क्याप्टेन साब’को छायांकन
 

सकियो चलचित्र ‘क्याप्टेन साब’को छायांकन

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘क्याप्टेन साब’को छायांकन सकिएको छ । दुई चरणमा गरेर छायांकन गरिएको चलचित्रको बुधबार सुटिङ इन्डक्ल्याप गरिएको हो ।

पहिलो चरणको छायाँकन गत वर्षको साउन १० गतेबाट सुरु गरिएको थियो । दोस्रो चरणको छायाँकन दुई साताअघि गरिएको थियो । चलचित्रको छायाँकन काभ्रे, काठमाडौं र वीरगञ्जमा गरिएको हो ।

दीपेन्द्र के खनालको लेखन र निर्देशन रहेको चलचित्र कृष्णबहादुर थापाले खिचेका छन् । चलचित्र ‘क्याप्टेन साब’ क्याप्टेन रामेश्वर थापाको बायोपिक चलचित्र हो । पाइलट समेत रहेका रामेश्वर व्यवसायी तथा सञ्चार उद्यमी हुन् । पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको प्रस्तुति रहेको यस चलचित्रमा अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त र सन्जोग रसाइली मुख्य भूमिकामा छन् ।

चलचित्रको निर्मातामा निर्देशक दीपेन्द्रसँगै करण श्रेष्ठ छन् । कार्यकारी निर्मातामा सिर्जना नापित रहेकी छन् ।

चलचित्रमा सौगात बस्नेत मुख्य सहायक निर्देशक, सम्राट बस्नेत द्वन्द्व निर्देशक, एकी थेक्पा प्रोडक्सन डिजाइर, रोहित राज गौतम एचओपी र विष्णु बुढाथोकी प्रोडक्सन म्यानेजर रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link