Home Main Highlight News गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’बाट डेब्यू गर्दै
 

गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’बाट डेब्यू गर्दै

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड ।  चर्चित गायिका अञ्जु पन्तकी छोरी पारितोषिकाले फिल्म अभिनयमा डेब्यू गर्ने पक्का भएको छ । अमरदीप सापकोटाको आगामी निर्देशकीय फिल्म ‘तीन तिघ्रे, क्या बिग्रे’मा उनी अनुबन्धित भएकी हुन् ।

निर्देशक सापकोटाले पारितोषिकालाई शीर्ष भूमिकामा अनुबन्धित गराइएको बताए । उनका अनुसार, सोमबार पारितोषिकासँग निर्माताको लिखित सम्झौता भएको छ ।

‘केही पहिले पारितोषिकाले अभिनय गरेको नाटक स्वर्णदेश हेरेपछि अन्जु पन्त दिदीसँग कुरा भएको थियो’ अमरदीपले अनलाइनखबरसँग भने, ‘हामीलाई फ्रेस फेस चाहिएको थियो । हामी आफैले अप्रोच गरेका हौं ।’

पारितोषिकाले केही समय मण्डला थिएटरमा अभिनय पनि सिकिरहेकी थिइन् । यो फिल्मबाट चर्चित गायक पशुपति शर्माले पनि अभिनयमा डेब्यू गर्दैछन् ।

रघुनाथ सापकोटाले निर्माण गर्ने यो फिल्मको छायांकन २८ असारदेखि सुरु हुनेछ । कीर्तिपुर र काभ्रेको पनौतीमा फिल्म छायांकन हुने जनाइएको छ । यतिबेला यो फिल्मको प्रि-प्रोडक्सन कार्य चलिरहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link