Home Main Highlight News न्यान्सी र सुशीलकाे ‘अक्षरा’ दक्षिण काेरियामा लाग्ने कन्फर्म
 

न्यान्सी र सुशीलकाे ‘अक्षरा’ दक्षिण काेरियामा लाग्ने कन्फर्म

by Parda Sansar
A+A-
Reset

काठमाडौं | आगामी भदौ २६ गतेबाट प्रदर्शन हुने तयारीमा रहेको नेपाली सिनेमा ‘अक्षरा’ ले अन्तर्राष्ट्रिय बजारकाे व्यापारमा दक्षिण कोरियाकाे प्रदर्शन अधिकार बिक्री गरेसँगै सुखद सुरुवात गरेको छ।

रोजगारी र अध्ययनको सिलसिलामा कोरियामा रहेका नेपाली दर्शकमाझ सिनेमा पुर्‍याउन ‘केटीएम २ सोल’ नामक कम्पनीले यसकाे वितरणको जिम्मा लिएको हाे । क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा निर्माण भएको यस प्रोजेक्टलाई विनय राज पौडेलले निर्देशन गरेका हुन् । सोनी थापा (ढुङ्गाना) को प्रस्तुति रहेको सिनेमामा ब्लकबस्टर ‘१२ गाउँ’ बाट दर्शकको मन जितिसकेकी अभिनेत्री न्यान्सी खड्का र अभिनेता सुशील सिटौला मुख्य भूमिकामा छन् ।

पर्दामा उनीहरूसँगै सुशील पोखरेल, पुष्कर राउत, रिस्ता अधिकारी, सृष्टि खड्का, गीता अधिकारी, अंशु महर्जन, सृजना अधिकारी, वीरेन्द्र कुशवाह र मोहन अधिकारीकाे अभिनय रहने छ । चलचित्रमा बालकलाकारद्वय रोनक खड्का र प्रीसा ढुङ्गानाकाे पनि महत्वपूर्ण भूमिका रहनेछ ।

सिनेमाको कथा निर्माता उग्रसेन ढुङ्गाना आफैँले कोरेका हुन् । यसलाई पटकथा र संवादको रूप दिने काम निर्देशक पौडेल र लेखक अभिमन्यु निरवीले मिलेर गरेका छन् । प्रोजेक्टमा उग्रसेनसँगै सुग्रसेन ढुङ्गानाले निर्माणमा लगानी गरेका छन् भने सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेका छन् ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link