Home ठूलो पर्दा ‘गाैँथली’काे ट्रेलरमा नारी जीवनकाे जटिलता र अटिजमले निम्त्याएकाे समस्या
 

‘गाैँथली’काे ट्रेलरमा नारी जीवनकाे जटिलता र अटिजमले निम्त्याएकाे समस्या

by Parda Sansar
A+A-
Reset

बिर्तामोड । अटिजले जीवनमा पार्ने प्रभाव र एउटी नारीले गरेको संघर्ष लगायत दृश्यहरु समेटिएको चलचित्र ‘गौँथली’को ट्रेलर सार्वजनिक भएको छ । चलचित्र आगामी साउन १ गतेबाट देशभरका फिल्म हलहरुमा एकसाथ प्रदर्शनमा आउने तयारीमा रहेको छ ।

३ मिनेट २० सेकेन्ड लामो ट्रेलरमा छोरीमान्छेले भोग्नु परिरहेको जीवनका अनेक पक्षहरुलाई देखाइएको छ । जीवनमा आइपर्ने समस्यादेखि सानो कुरामा खुशी भएका कुराहरुले चलचित्र निकै मार्मिक र कलात्मक रहेको झल्को दिएको छ ।

ट्रेलरले अटिजमबाट प्रभावित एक युवक अर्थात् अभिनेता अरुण क्षेत्री र भर्खरै उनीसँग विवाह बन्धनमा बाँधिएकी दुलही अर्थात् सिम्रन खड्काको भावनात्मक कथा देखाउँछ । पढ्ने अभिलाषा भएकी सिम्रनले नचाहँदानचाहँदै विवाह हुनु, श्रीमान् अवस्था, अनि नयाँ घरको परम्परावादी सोचहरुले उनको जीवनमा के कस्ता जटिलता ल्याउन सक्ला भन्ने प्रश्नहरु जन्माउन ट्रेलर सफल छ ।

डा. कपिल रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा अरुण र सिम्रनका साथै अग्रज कलाकार मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिना र राजेन्द्र नेपाली रहेका छन् भने बाल कलाकारमा अंशु ओली र प्रिन्स नेपाली रहेका छन् । फिल्मको मूल कथा डा. भोला रिजालले लेखेका हुन् भने पटकथा तथा संवादमा निर्देशक डा. कपिललाई निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सघाएका छन् ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको संयुक्त प्रस्तुति रहेको ‘गौँथली’की कार्यकारी निर्माता सरला रिजाल हुन् । फिल्ममा सुमन गिरी र डा. कपिल रिजाल निर्माताको रूपमा रहेका छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सह-निर्माता हुन् । हरि हुमागाईंले छायांकन गरेको यस फिल्मलाई मिलन श्रेष्ठले सम्पादन गरेका हुन् ।

यो फिल्मलाई रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफ.डी. कम्पनीले देशभर वितरण गर्दैछन् । फिल्मको डिजिटल पार्टनरको रूपमा ‘ओएसआर डिजिटल’ रहेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link