Home Main Highlight News ‘१२ गाउँ २’को ‘जुनेली’मा समीर र कृशुको दमदार डान्स
   

‘१२ गाउँ २’को ‘जुनेली’मा समीर र कृशुको दमदार डान्स

by Parda Sansar
A+A-
Reset

दशैंको अवसर पारेर असोज ३० गतेबाट प्रदर्शन हुन लागेको एक्सनप्रधान फिल्म ‘१२ गाउँ २’को पहिलो गीत ‘जुनेली’ सार्वजनिक गरिएको छ । सोमबार हरितालिका तीजको अवसरमा निर्माण पक्षले पप डान्सिङ गीत दर्शकमाझ ल्याएको हो । सुगम पोखरेलको स्वर रहेको गीतमा युग भुसालको शब्द तथा संगीत छ भने मास्टरिङ रुप महराले गरेका हुन् ।

आकर्षक सेटअपमा तयार पारिएको गीतको भिडियोमा फिल्मका मुख्य जोडी समीर भट्ट र कृशु शाही (काफिया) देखिएका छन् । उनीहरूको डान्स स्टेप पृथक देखिन्छ । तर, नृत्यमा कृशुभन्दा समीर छरितो देखिएका छन् । सियोन श्रेष्ठको कोरियोग्राफी रहेको गीतको भिडियोलाई महेश पौडेलले छायांकन गरेका हुन् । मेकिङको हिसाबले भिडियो स्तरीय देखिन्छ ।

अभिनेता विराज भट्टको निर्देशनमा बनेको यस फिल्ममा विराज स्वयं मुख्य भूमिकामा छन् । उनीसहित फिल्ममा अनुप विक्रम शाही, वर्षा इटानी, खुशी कार्की, प्रकाश शाह, सुनिल पोखरेल, कनिज कोइराला, कालु राना, पुष्कर भट्ट, शिवकुमार सिंह, नेहा राज्यलक्ष्मी शाह, पूर्णबहादुर गन्धर्व, साहिल सिंह ठकुरी, अर्जुन आचार्यलगायतका कलाकारहरूको पनि अभिनय रहेको छ ।

विराज भट्ट फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मकी निर्माता सरस्वती भट्ट हुन् । फिल्ममा महेश पौडेलको डीओपी, राम केसी र राजु लामाको छायांकन, बन्दे प्रसादको सम्पादन, सन्तोष सरकारको लेखन, स्टन्ट सिल्भा र शंकर महर्जनको द्वन्द्व निर्देशन, कालाचरणको पार्श्व संगीत तथा गीता गुरप्पाको ध्वनि संयोजन रहेको छ ।

यो फिल्म २०८१ सालमा प्रदर्शन भएको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’को सिक्वेल हो । यसले घरेलु बक्स अफिसमा करिब २० करोडको व्यापार गरेको थियो । यही फिल्मबाट विराजका छोरा समीरले डेब्यू गरेका थिए । उनको क्रेजका कारण पनि फिल्म सफल भएको मानिन्छ । अब ‘१२ गाउँ २’को व्यापार कस्तो रहन्छ, त्यो धेरैका लागि चासोको विषय बनेको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link