Home Main Highlight News ‘पेन्सन पट्टा’मा दर्शक बढेपछि थपियो शाे
   

‘पेन्सन पट्टा’मा दर्शक बढेपछि थपियो शाे

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । माओत्से गुरुङको लेखन तथा निर्देशन रहेको फिल्म हो ‘पेन्सन पट्टा’ । गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्मले सुरुवाती दिनदेखि नै राम्रो दर्शक पाउन सफल भएको छ । फिल्मको बलियो माउथ पब्लिसिटी र महिलाहरूको महान् पर्व तीज भएकोले फिल्ममा राम्रो दर्शक देखिएका छन् ।

तीज व्रतको दिन सोमबार पोखरा, चितवन, झापा तथा काठमाडौँका एफक्युब, सिटी स्क्वायर, लबिम र सिभिल लगायतका हल हाउस फूल रह्यो भने लमजुङ, दमौली, बुटवल, दमक लगायतका विभिन्न स्थानमा समेत फिल्मले राम्रो दर्शक पाउन सफल रह्यो ।

फिल्ममा दर्शक देखिएपछि अभिनेता दायहाङ राई, निर्देशक माओत्से लगायत निर्माण युनिट पोखरालगायतका केही हलमा पुगेर दर्शकसँग साक्षात्कार गर्दै धन्यावाद दिएका छन् । सो क्रममा दर्शकले दयाहाङसँग तस्बिर तथा सेल्फ समेत खिचाएका छन् ।

फिल्ममा दर्शक मात्र देखिएका होइनन् फिल्म हेर्ने दर्शकले फिल्मको बारेमा राम्रो प्रतिक्रिया समेत दिएका छन् । दर्शकको सकारात्मक प्रतिक्रिया आएको कारण सुरुका दिन भन्दा राम्रो व्यवसाय भएको निर्देशक माओत्से गुरुङ बताउछन् ।

‘हामीले जे सोचेर यो समय फिल्म रिलिज गरेका थियौ । त्यो भयो’, निर्देशक गुरुङले भने ‘तीजका कारण दर्शक बढेपछि शो पनि थपियो ।’ फिल्मले शुक्रबार र शनिबार भन्दा पनि सोमबार राम्रो व्यवसाय गरेको गुरुङको भनाईछ । फिल्मले अहिलेसम्म कति व्यवसाय गर्यो भन्ने गुरुङले खुलाउन चाहेनन् । ‘देशभरको हिसाब नआएकोले अहिलेसम्मको व्यवसाय यति भनेर भन्न अहिले सकिन्न’ गुरुङले थपे ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link