Home Main Highlight News ‘बा : एक योद्धा’को दोस्रो ट्रेलरमा बुवाको त्याग र सन्तानको महत्वाकांक्षा
   

‘बा : एक योद्धा’को दोस्रो ट्रेलरमा बुवाको त्याग र सन्तानको महत्वाकांक्षा

by Parda Sansar
A+A-
Reset

काठमाडौं । चलचित्र ‘बा : एक योद्धा’को दोस्रो ट्रेलर सार्वजनिक गरिएको छ । पारिवारिक सम्बन्ध, बुवाको त्याग र सन्तानको महत्वाकांक्षालाई केन्द्रमा राखिएको ट्रेलरमा बुवाआमाले सन्तानका लागि गर्ने संघर्ष तथा सन्तानबाटै भोग्नुपर्ने पीडालाई प्रस्तुत गरिएको छ ।

ट्रेलरमा छोराछोरीको भविष्यका लागि घरसमेत धितो राखेर सपना पूरा गर्न तयार हुने बुवाको कथा देखाइएको छ । तर, बुवाको त्याग र योगदानलाई छोराहरूले नबुझ्दा परिवार आर्थिक तथा सामाजिक समस्यामा फस्दै गएको देखिन्छ । छोराहरूको महत्वाकांक्षा र अव्यावहारिक सोचका कारण मध्यमवर्गीय परिवारले भोग्नुपर्ने चुनौतीलाई पनि ट्रेलरले उठाएको छ ।

आफ्ना दिदीबहिनीलाई समेत बुवाले थोरै सम्पत्ति दिने कुरा स्वीकार गर्न नसक्ने छोराको व्यवहारले पारिवारिक सम्बन्धमा देखिने स्वार्थलाई संकेत गर्छ । बुवाआमाको समस्या छोराहरूले नबुझ्दा उनीहरूले भोग्ने अपमान र पीडालाई पनि ट्रेलरमा स्थान दिइएको छ । यता, छोरीले अभिभावकको समस्या बुझ्ने पक्षलाई भने कथाको महत्वपूर्ण हिस्साका रूपमा प्रस्तुत गरिएको छ ।

ट्रेलरले सकारात्मक सोच राख्ने बुवा र उनको साथमा रहने छोरीसमेत ठूलो समस्यामा फस्ने संकेत गरेको छ । छिमेकीले समेत परिवारको पीडा बुझिरहेको देखाइएको छ भने छोरीको कथालाई सस्पेन्समा राखिएको छ ।

हरि लम्सालको लेखन तथा निर्देशनमा बनेको चलचित्र असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा छन् ।

आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता र कृष्ण काफ्ले सह–निर्माता छन् । शिवराम श्रेष्ठको छायांकन रहेको चलचित्रलाई कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्दैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link