काठमाडौं । चलचित्र ‘आबाट आमा २’को टिजर सार्वजनिक भएको छ । टिजरले आमाप्रतिको माया, भावनात्मक सम्बन्ध र पारिवारिक संवेदनालाई प्रस्तुत गर्दै दर्शकमाझ सिनेमा हेर्ने उत्सुकता जगाएको छ ।
टिजरमा समावेश एउटा सानो दृश्यले नै गहिरो भावनात्मक प्रभाव पार्ने देखिन्छ । आमासँग जोडिएका संवेदनशील क्षणलाई प्रस्तुत गरिएको टिजरले दर्शकको मन छुने संकेत गरेको छ ।
चन्द्र पन्तको कथा, पटकथा तथा निर्देशनमा बनेको चलचित्रमा स्वर्गीय प्रदीप रावत, विपना थापा, पल शाह, आकाश श्रेष्ठ, साइग्रेस पोखरेल, मलिका महत, निकिता आचार्य, नरेन खड्कालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रबाट रिस्ता गुरुङले डेब्यु गर्दैछिन् । सबिन श्रेष्ठको अतिथि भूमिका पनि रहेको छ ।
चलचित्रकाे लेखनमा राेशन भट्ट र साैगात भट्टले काम गरेका छन् भने चलचित्रको संगीत बाबुल गिरीले तयार पारेका हुन् । त्यस्तै छायाँकनमा नवराज उप्रेती र सम्पादनमा साहिल खान र मिलन श्रेष्ठकाे मेहनत देखिन्छ ।
चलचित्र वितरणकाे जिम्मा आरआर फिल्म प्रोडक्सन, रोहित कट्टेल र रत्न श्रेष्ठले लिएका छन् ।
चलचित्र असोज ३० गतेदेखि सिनेमाघरमा प्रदर्शनमा आउनेछ।

