Home Main Highlight News १३ वटा देश सहित ‘आचार्य’ ट्रेन्डिङमा
   

१३ वटा देश सहित ‘आचार्य’ ट्रेन्डिङमा

by Parda Sansar
A+A-
Reset

बिर्तामाेड । चलचित्र ‘आचार्य’को ट्रेलर अहिले नेपालमा मात्रै होइन, विभिन्न १३ वटा देशमा समेत ट्रेन्डिङमा आएको छ ।

यूएई, कतार, बहराइन, ओमान, कुवेत, अस्ट्रेलिया, क्यानडा, बेलायत, जापान, हङकङ, मलेसिया, दक्षिण कोरिया लगायतका देशहरुमा ‘आचार्य’को ट्रेलर ट्रेन्डिङमा रहेको निर्माण पक्षले जनाएको छ । ट्रेलर रिलिज भएको दोस्रो दिनमै १५ लाखभन्दा बढी भ्युजका साथ ट्रेलर ट्रेन्डिङको नम्बर वानमा रहेको छ ।

एक्सन किङको उपमा पाएका निखिल उप्रेतीको फिल्मलाई लिएर दर्शक कति उत्साहित छन् भन्ने कुरा यसले स्पष्ट बनाएको छ । ट्रेलरमा देखिएको एक्सन सिक्वेन्स, प्राविधिक पक्ष र स्टोरी के होला भन्ने कुराले चलचित्रको माहोल तताइरहेको छ । खासगरी निखिलका फ्यानहरु यो फिल्मलाई लिएर बढी उत्साहित देखिएका छन् ।

भारतमा समेत ‘आचार्य’को ट्रेलरलाई लिएर चर्चा बढिरहेको छ । निर्देशक समेत रहेका निखिल उप्रेतीले यो सिनेमामा इन्डो-नेपालको स्टोरीभएको बताएका छन् । ट्रेलर सार्वजनिक कार्यक्रममा निखिलले नेपाली फिल्मलाई अन्तर्राष्ट्रिय स्तरमा र्पुयाउने लक्ष्यसहित आफूहरू अघि बढिरहेको बताएका छन् ।

ट्रेलरले बनाएको यो हाइपलाई फिल्मले हलमा कस्तो प्रतिक्रिया पाउला त्यो भने हेर्न बाँकी छ ।
निखिल उप्रेतीको होम प्रोडक्सनमा निर्माण भएको ‘आचार्य’मा पूर्णिका सिजापतीले डेब्यु गर्दैछिन् भने साउथ मुभीका चर्चित कलाकारहरुलाई पनि यस चलचित्रमा हेर्न पाइनेछ । ‘आचार्य’ यही असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link