Home Main Highlight News फिल्म ‘मैसा’को टिजरमा रश्मिका मन्दनाको एक्शन अवतार
   

फिल्म ‘मैसा’को टिजरमा रश्मिका मन्दनाको एक्शन अवतार

by Parda Sansar
A+A-
Reset

मुम्बई । भारतीय अभिनेत्री रश्मिका मन्दनाको आगामी फिल्म ‘मैसा’को टिजर सार्वजनिक भएको छ।

टिजरमा रश्मिका अहिलेसम्मकै फरक र दमदार एक्सन अवतारमा देखिएकी छन्। यो फिल्म नव-निर्देशक रविन्द्र पुल्लेद्वारा निर्देशित छ।

रश्मिकाले फिल्ममा आदिवासी समुदायकी साहसी महिलाको भूमिका निभाएकी छन्। चुनौतीसँग जुध्दै अघि बढ्ने उनको चरित्रलाई टिजरमा केन्द्रमा राखिएको छ।

टिजरको सुरूवात रश्मिकाको संघर्षपूर्ण संवादबाट हुन्छ। त्यसपछि उनलाई हँसिया बोकेर विरोधीसँग भिडिरहेको, बाइक चलाइरहेको तथा पानीमुनिसमेत फाइट गरिरहेको देखाइएको छ।

फिल्मका एक्सन दृश्यका लागि रश्मिकाले शारीरिक तयारीसमेत गरेकी थिइन्।

फिल्ममा रश्मिकासहित ईश्वरी राव, राहुल रविन्द्रन, सामुथिराकनी, राव रमेश, शिव कंदुकुरी, कार्तिक रंजिनीलगायत कलाकारहरूको अभिनय छ। एक्सन अन्तर्राष्ट्रिय एक्सन कोरियोग्राफर एन्डी लङले तयार पारेका हुन्।

‘मैसा’ नोभेम्बर २७, २०२६ मा तेलुगु, हिन्दी, तमिल, कन्नड र मलयालम भाषामा प्रदर्शन हुँदैछ। अजय साइपुरेड्डी, अनिल सैयपुरेड्डी, वीरसाई गोपा निर्माता हुन्। ‘मैसा’को टिजर टि-सिरिजको युट्युबमा हेर्न सकिन्छ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link