Home Main Highlight News भदाै २६ बाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ले कति कमाए
   

भदाै २६ बाट प्रदर्शनमा आएको फिल्म ‘पेन्सन पट्टा’ र ‘बेहुली’ले कति कमाए

by Parda Sansar
A+A-
Reset

काठमाडौँ । फिल्म ‘पेन्सन पट्टा’ले पहिलो साता साढे तीन करोड बढी कमाउन सफल भएको छ ।

चलचित्र विकास बोर्डले असोज ४ गते आइतबार राती ११ः५९ सम्मको सार्वजनिक बक्स अफिस रिपोटमा फिल्मको आम्दानी  ३ करोड ७९ लाख ७६ हजार ०४७ रुपैयाँ ग्रस कलेक्सन रहेको छ । यो अवधिमा फिल्मलाई १ लाख २९ हजार ११८ जनाले हेरेका छन् ।

माओत्से गुरुङको निर्देशित फिल्ममा दयाहाङ राई, गौमाया गुरुङ, विल्सन विक्रम राई, बुद्धि तामाङ, पशुपति राई, विश्वास गुरुङ, माया गुरुङ, मनोज गुरुङ, अनुशा राईलगायत कलाकारको अभिनय छ ।

त्यस्तै ‘पेन्सन पट्टा’सँगै प्रदर्शनमा आएको फिल्म ‘बेहुली’ले भने पहिलो साता २ करोड ६८ लाख २८ हजार ५२९ ग्रस कलेक्सन  गरेको छ । यो अवधिमा फिल्मलाई ९४ हजार ८८५ जनाले हेरेका छन् ।

सशान कँडेल निर्देशित ‘बेहुली’ प्रेम र पारिवारिक कथामा निर्माण भएको हो । अर्जुन पोखरेल प्रस्तुतकर्ता रहेको फिल्ममा पारस बम ठकुरी ‘कुल ब्वाइ’ दिव्या रायमाझी, सुशान्त कार्की, सरिता गिरी, विशाल पहारी, कर्मा लामा, दीपक गौली लगायतका कलाकारको अभिनय छ ।

https://www.youtube.com/watch?v=k8qomyZerT4&t=144s

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link