Home Main Highlight News सृष्टि र नाजिरको ‘मिसिङ : केटी हराएको सूचना’ को टिजर सार्वजनिक

सृष्टि र नाजिरको ‘मिसिङ : केटी हराएको सूचना’ को टिजर सार्वजनिक

by Parda Sansar
A+A-
Reset

झापा । दिपेन्द्र गौचन निर्देशित फिल्म ‘मिसिङ्ग: केटी हराएको सूचना’ को टिजर युट्युबमा सार्वजनिक गरिएको छ । फिल्ममा अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता नाजिर हुसेनको मुख्य अभिनय देख्न सकिन्छ । टिजरमा उनीहरुबीचको प्रेम र व्हिल चेयरमा बन्धक बनाइएको देख्न सकिन्छ । टिजरले एक किसिमको कौतुहल बनाएको छ । सीतारामको जोडीबाट सुरु भएको टिजरले प्रेम झल्काउँदै अन्त्यमा सस्पेन्स छाडेको छ । मुख्य पात्रहरुको परिचय दिन र फिल्मको नामअनुसारको छाप छोड्न टिजर सफल भएको छ ।

फिल्मले पहाडी समुदायका युवा र मधेसी समुदायकी युवतीको रहनसहन र मेलमिलापको कथा बोल्दै सस्पेन्स छाडेको छ । फिल्ममा सीताको भूमिकामा सृष्टि श्रेष्ठ रहेकी छन् । भने रामको भूमिकामा नाजिर हुसेन रहेका छन् ।

कलाकारहरुमा संजय गुप्ता, रामनारायण ठाकुर, मदन ठाकुर, कौशल्या ठाकुर, रिना रिमाल लगायतको अभिनय रहेको छ । फिल्ममा स्पेशियल एपिरियन्सको रुपमा अमितेश शाह पनि देखिने भएका छन् ।

फिल्मको कार्यकारी निर्मातामा नकिम उद्दीन, डीओपीमा अमर महर्जन, सम्पादनमा निमेश श्रेष्ठ रहेका छन् । त्यस्तै एक्सन डिरेक्सन शंकर महर्जनको रहने छ भने आर्ट डिरेक्सन अकी थेक्पाको रहने निर्माण टिमले जनाएको छ ।
फिल्मको रिलिज डेट २०८१ कात्तिक ३० गते तय गरिएको छ ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link