Home Main Highlight News वर एण्ड वधुको ‘माया’ गीत युट्युबमा

वर एण्ड वधुको ‘माया’ गीत युट्युबमा

by Parda Sansar
A+A-
Reset

काठमाडाैँ । गत शुक्रबारबाट प्रदर्शनरत फिल्म ‘वर एण्ड वधु’ को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘माया’ बोलको रोमान्टिक गीत बिहिबार, सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा दीपक लिम्बु र प्रविशा अधिकारीको स्वरमा समावेश यो गीतमा शैलेन्द्र खनालको शब्द, युग भुषालको संगीत छ । सार्वजनिक गीतमा फिल्मका मुख्य दुई कलाकारहरु नायिका आँचल शर्मा र नव-नायक विवेक कर्माचार्यको रोमान्टिक अवतार देख्न सकिन्छ ।

मिलन चाम्सको निर्देशनमा तयार भएको यो फिल्मको सार्वजनिक गीतको भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । फिल्ममा विजय लामा, गरिमा शर्मा, विजु पार्की, किरण के.सी, कुसुम शर्मा, दिनेश काफ्ले, रविन्द्र खड्का, अंशु महर्जन, सिता न्यौपाने, हिमेश पन्त लगायतका कलाकारहरुको अभिनय छ ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्ममा जानुका थापाको लगानी छ । अमित रिजाल कार्यकारी निर्माता रहेको फिल्ममा सुदिप बरालको छायांकन छ ।

 

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link