Home Main Highlight News Friday Release : आजदेखि हलहरुमा ‘देवी’ र ‘रावायण’
 

Friday Release : आजदेखि हलहरुमा ‘देवी’ र ‘रावायण’

by Parda Sansar
A+A-
Reset

झापा । फ्राइडे रिलिज अन्तर्गत आजबाट दुईवटा नेपाली सिनेमा प्रदर्शनमा आएका छन् । ‘देवी’ र ‘रावायण’ प्रदर्शनमा आएका हुन्। यी सिनेमा तिजको अवसर पारेर प्रदर्शनमा आएका हुन् ।

‘देवी’लाई सञ्जोग राईले निर्देशन गरेका छन् भने ‘रावायण’लाई सुदर्शन थापाले निर्देशन गरेका छन् ।

क्राइम थ्रिलर जानरामा निर्माण भएको ‘देवी’को कथा निर्देशक सञ्जोग राई र अजय गौतमले लेखेका हुन् । ‘रावायण’मा सुदर्शनथापाको कथा तथा शिवम अधिकारीको लेखन छ ।

देवीमा शिल्पा मास्के, गौरव पहारी, नाजिर हुसेन, टीका पहारी, प्रभाकर न्यौपाने, ध्रुब कोइराला, निरीक्षा घतानी, विशाल पहारी, निरुखड्का, जीवनजंग खड्का र विकास पन्तको अभिनय रहेको छ । सिनेमामा सन्जेन थापाको एक्सन छ ।

एक्जिबिट स्टुडियोको प्रस्तुतिमा सिनेमा ‘देवी’ बनेको हो ।

यो सिनेमा निर्माण टिमले सार्वजनिक प्रदर्शनका लागि बाँसुरी फिल्म्ससँगकोसहकार्य गरेको छ ।

रेमन गुरुङ र सञ्जोग राईको निर्माण रहेको सिनेमाको कार्यकारी निर्माता जावेद खान तथा सह–निर्माता शिल्पा मास्के, उजेन नोर्वे गुरुङ, नारायण गुरुङ र मिलन लामा हुन्  जोएल फ्रोमको डिओपी रहेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलले वितरण गरेको छ ।

आजैबाट सिनेमा ‘रावायण’ पनि प्रदर्शनमा आएको छ । यसलाई सुदर्शन थापाले निर्देशन गरेका छन्  सिनेमामा पल शाह र पूजा शर्मामुख्य भूमिकामा छन् ।

साथमा प्रियंका कार्की, प्रमोद अग्रहरी, निकिता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीपढकाललगायत कलाकारको अभिनय छ । सुदर्शन थापा प्रोडक्सन र पूजा शर्मा प्रोडक्सनको व्यानरमा बनेको सिनेमाकी निर्माता पूजा शर्मा हुन् । सुशन पाठक कार्यकारी निर्माताछन् । सौरभ लामाको छायांकन रहेको छ ।

बुधबार राजधानीमा आयोजित प्रिमियरमा ‘देवी’लाई राम्रो प्रतिक्रिया मिलेको थियो । यता, ‘रावायण’ले भने प्रिमियर गरेको थिएन ।

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link