झापा । राजकुमार पण्डितको चलचित्र ज्वाइँसाबको नयाँ गीत ‘कसम बत्तीको’ युट्युबमा रिलिज गरिएको छ ।
निशान भट्टराई र समीक्षा अधिकारीको स्वरमा रहेको गीतमा जितु नेपाल र नीति शाहको विवाहको माहौल देख्न सकिन्छ । अन्त्यमा वरलाई चाहिँ डोली चढाएको दृश्यबाट अनुमान लगाउन सकिन्छ, जितु नेपाल घरज्वाइँ बन्न गइरहेका छन् । फिल्म कमेडी जनराकाे रहेकाले खूब हँसाउने अनुमान याे सिनबाट पनि लगाउन सकिन्छ ।
गीतको शब्द रचना यादव लम्सालले गरेका हुन् भने संगीत अर्जुन पोखरेलको रहेको छ । फिल्ममा जितु नेपाल, नीति शाह, बुद्धि तामाङ, हिमेश पन्त, रमेश बुढाथोकी, निमा पाण्डे, शिशिर वाङ्देल, कविता आले, दिपक आचार्य लगायतको अभिनय रहेको छ ।
मौसम फिल्मसको सहकार्य र रेड आई फिल्म्सको ब्यानरमा बनेको फिल्म असोज २४ गते रिलिज हुने भएको छ । चलचित्रको निर्देशन वसन्त निरौलाले गरेका हुन् भने चलचित्रको निर्माताका रुपमा मिना देवी खड्का, सौगात पण्डित, पदमलाल तामाङ रहेका छन् ।