Home Main Highlight News नेपालभरका हलहरूमा रिलिज भयो ‘शाम्बाला’

नेपालभरका हलहरूमा रिलिज भयो ‘शाम्बाला’

by Parda Sansar
A+A-
Reset

काठमाडौं। नेपाली चलचित्र ‘शाम्बाला’ देशभरका हलहरूमा प्रदर्शनमा आएको छ। क्युएफएक्स, बिग मुभिज, एफक्युब लगायतका मल्टिप्लेक्सहरूमा आकर्षक शोहरू राखिएको छ। मीनबहादुर भाम निर्देशित यस चलचित्रको प्रिमियरमा बलिउड अभिनेता नवाजुद्दिन सिद्धिकी र निर्देशक अनुराग कश्यपको उपस्थिति रहेको थियो।

‘शाम्बाला’ हिमाली क्षेत्रमा प्रचलित बहुपति प्रथामा आधारित छ। मुख्य पात्र पेमा, जसले तीन दाजुभाइहरूसँग विवाह गरेकी छिन्, गर्भवती भएपछि आफ्नो जेठा श्रीमान् टासीको खोजीमा हिमाली यात्रामा निस्किन्छिन्।

चलचित्रमा थिन्ले ल्हामो, सोनम तोपदेन, कर्मा शाक्य, आनी छोइङ डोल्मा लगायतका कलाकारहरूको अभिनय रहेको छ। माथिल्लो डोल्पामा छायाङ्कन गरिएको यो चलचित्रको लागत १४ करोड रुपैयाँ रहेको छ। छायाङ्कन अजीज झाम्बाकिएभले गरेका हुन् भने किरण श्रेष्ठ र लियाओ चिङ-सुङ चलचित्रका सम्पादक हुन्। न्ह्यू बज्राचार्यले चलचित्रको सङ्गीत तयार पारेका छन् र पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)ले गरेका हुन्।

चलचित्रले नेपालको चलचित्र विकास बोर्डलगायत विश्वका १७ संस्थाबाट फन्ड प्राप्त गरेको छ। बर्लिन फिल्म फेस्टिभलमा दक्षिण एसियाको पहिलो चलचित्रको रूपमा तीन दशकपछि मुख्य प्रतिस्पर्धामा सहभागी हुने मौका पाएको ‘शाम्बाला’ले लोकार्नो फिल्म फेस्टिभलको ‘पिएज्जा ग्राण्ड’ कार्यक्रममा छनोट हुने पहिलो नेपाली चलचित्रको रूपमा इतिहास रचेको छ। अभिनेत्री थिन्ले ल्हामोले लोकार्नो फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनयका लागि अवार्ड जितेकी थिइन्।

ठूलाे पर्दा

You may also like

Leave a Comment

About Us

Feature Posts

@2024 – Designed and Developed by BlackSirus

Share via
Copy link